Kanakai Online

जन्मोत्सव होस त यस्तो


शनिवार, पौष १२, २०७६ |

कनकाई अनलाईन
जव ३६ औ बार्षिक जन्मदिनको अवशर पारेर दिपेन्द्र आधारभुत विद्यालयका अध्यक्ष कुमारसिंह साँवा विद्यालय पुगे कक्षा ८ मा अध्यानरत विद्यार्थीहरुले कक्षा कोठामा बोलाए ।
त्यहा पहिलेनै विद्यार्थीहरुले फुलको थुगाबाट ह्यापी बड्डे कुमार सर लेखेर तयार पारिसकेका थिए भने मिठाई र वड्डे टोपी पनि तयारी अवस्थामा थियो । जव कुमार कक्षा कोठामा प्रवेश गरे कक्षा कोठानै ह्यापी वड्डे कुमार सर भन्दै गुन्जायामान भयो । कुमार साँवाले पनि विद्यार्थीलाई धन्यावाद दिए , भर्खरैमात्र सताक्षीधाम जेसिजको अध्यक्ष बनेका कुमारसिंहलाई सम्मानको समेत कार्याक्रम विद्यालयले राखेको थियो ।

कुमारसिंहले समेत विद्यालयमा अध्यानरत् सबै २ सय विद्यार्थीलाई शैक्षिक सामाग्री डटपेन र कापी प्रदान गरे । यसरी हरेक वर्ष साँबाले आफ्नो जन्मदिन यसरीनै आफ्ना विद्यार्थीसग मनाउदै आएका छन । २० बर्षको उमेरदेखि साँवा यस विद्यालयको सदस्य हुदै अध्यक्षमा समेत नियमित व्यावस्थापन समितिमा रहदै आएका छन । १६ बर्षदेखि साँवाले आफ्नो जन्मदिन यसरी नियमित मनाउदै आएका छन । विद्यालयका प्रअ सिताराम न्यौपाने भन्नुहुन्छ , यसरी विद्यार्थीसग जन्मदिन मनाउदा विद्यालयका सबै विद्यार्थी र अध्यक्षविच समन्ध राम्रो हुनुको साथै विद्यार्थीको अध्यायन अध्यापनमा समेत केहि न केहि मद्धत मिलेको छ ।
औपचारिक कार्याक्रम समेत गरिएको सो कार्याक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष देविप्रसाद गुरागाई विद्यालयमा भर्खरै शिक्षा सेवा आयोग पास गरेर आउनुभएका शिक्षिकाद्धय भुमिका पोखरेल, योङछेक कन्दङवा, वाल क्लवकी अध्यक्ष पुष्पा कार्की लगायातले समेत शुभकामना दिनुभएको थियो । कार्यक्रम शिक्षक महेशकुमार खड्काको संचालन र नारायण ढकालले स्वागत गर्नुभएको थियो ।