कनकाई अनलाईन
झापाको बिर्तामोड डोमालाल राजबंशी अन्र्तराष्ट्रिय रङ्गशालामा शुक्रवार आजदेखि प्रदेशस्तरीय नकआउट महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
उद्घाटन खेलमा कनकाई फुटबल क्लव सुरुङ्गा झापाले छिमेकी मोरङ महिला फुटबल टिमलाई ३ —१ गोल अन्तरले पाखा लगाउदै सेमिफाइनलमा प्रवेश गरेको छ । बिजयी टिम कनकाईको तर्फबाट दुई गोल कुसुम खतिवडाले गर्नुभयो । खतिवडाले खेलको २८ र ६० औ मिनेटमा गोल गर्नुभएको हो । कनकाईका लागि खेलको इन्जुरी समयमा ममता राईले थप एक गोल गर्नुभयो । मोरङको लागि एकमात्र शान्तना गोल खेलको ६९ मिनेटमा गरेपनि हारलाई टार्न सक्नुभएन । प्रतियोगिताको वुमन्स अफ दि म्याच कनकाईकी दुबै गोलकर्ता खतिवडा हुनुभयो ।
शनिवारको दोस्रो दिनको खेल इलाम महिला फुटबल क्लब र धरान महिला फुटबल क्लवविच हुने आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले बताउँनुभया ।
तमु ल्होसारको उपलक्ष्यमा आयोजित प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमश नगद १ लाख १ हजार १ सय ११ र ५५ हजार १ सय ५५ रुपैँया पाउने छ । प्रतियोगिताको फाइनल खेल आगामी पुस १५ गते तमु ल्होसारका दिन हुने छ । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले गर्नुहुदै महिलाहरु घरभित्रको काममा मात्रै सिमित नरहेको बताउँनुभयो ।
प्रतियोगितामा प्रदेश नम्बर एकको ५ टिमको सहभागिता रहेको छ ।
फोटो ः प्रतिस्पर्धागर्दै कनकाई र मोरङका महिला खेलाडीहरु