कनकाई अनलाईन
राष्ट्रिय खेलको मान्यता पाएको भलिवलको महामेला झापाको शरणामतीमा हुने भएको छ ।
झापाको झापा गाउँपालिका शरणामतीमा आगामी पुस १४ गतेदेखि १९ गतेसम्म प्रथम अध्यक्ष कप प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।
झापा गाउँपालिकाको आयोजनामा हुने सो प्रतियोगितामा झापाका १० गाउँपालिका सहित प्रदेश नम्बर एकका २४ पालिकाहरुको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बुले शनिवार सुरुङ्गाको एसपी क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम र दोस्रो तेस्रो र चौथो हुने टिमले क्रमश नगद १ लाख १ हजार १ सय ११ र ७१ हजार १ सय ११, २१ हजार १११ र ११ हजार १११ पाउने तथा प्रतियोगितामा उत्कृष्ट डिफेन्ज, स्पाइकर, ब्लकर, सर्भर, लिफ्टरलाई क्रमश नगद ५ हजारका दरले नगद प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । प्रतियोगिता स्थानीय जनता माविको खेल मैदानमा संचालन हुने समेत जानकारी गराइएको थियो । प्रतियोगिता संचालनका लागि झापा गाउँपालिकाले ४ लाख रुपैँया सहयोग गरेको र प्रतियोगितामा जम्मा ७ लाख रुपैँया खर्च हुने समेत जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा झापा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष हरिप्रसाद बानिया, भलिबल संघ नम्बर एकका सचिव लेखनाथ पराजुली लगायातले खेलले सरकारले मनाउन लागेको भ्रमण बषलाई मद्धत पुर्याउने बताउनुभयो । खेलको अफिसियल मिडियाको रुपमा कनकाई साप्ताहिक तथा कनकाई अनलाईन रहेको छ । प्रतियोगिताको कनकाई अनलाईनले प्रत्यक्ष प्रशारण समेत गर्ने छ ।