कनकाई अनलाईन
भद्रपुर । झापा गाउँपालिकाको फुलगाछी फुटबल क्लब झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।भद्रपुर माविको खेल मैदानमा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक बिलिभर्स इष्टर्न चर्च भद्रपुरलाई ३(२ गोलले स्तब्ध बनाउँदै फुलगाछी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।आयोजक भद्रपुरलाई आफ्नै घरेलु मैदानमा फुलगाछीले सुरुदेखि नै दवावमा राख्दै आक्रामक खेल प्रस्तुत गर्यो । पहिलो हाफको ३ मिनेटमै फुलगाछीले गोल गर्दै अग्रता लिएको थियो । फुलगाछीका अनिस खडकाले शानदार गोल गरेका थिए ।एक गोलले अग्रता लिएको फुलगाछीका लागि कप्तान करन लिम्बूले खेलको ५औ मिनेटमा गोल गर्दै अग्रता दिलाए । फेरि कप्तान लिम्बूले नै १०औं मिनेटमा थप गोल गर्दै टिमलाई तीन गोलले अग्रता दिलाए ।तीन गोलले पछि परेको अवस्थामा भद्रपुरका कप्तान माइकल शर्माले २५औं मिनेटमा एक गोल फर्काए ।
पहिलो हाफमा दुई गोलले अग्रता लिएका दुवै टिमले दोस्रो हाफमा गोल गर्ने अवसर गुमाएका थिए । खेलको अन्तिम समयमा भद्रपुरका कप्तान माइकल शर्माले थप एक गोल गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।खेलको म्यान अफ द म्याच भद्रपुरका कप्तान शर्मा घोषित भए । उनलाई ट्रफी र नगदसहित पुरस्कृत गरिएको थियो ।शुक्रबार ९आज० हुने दोस्रो क्वाटरफाइनल खेलमा कचनकवल फुटबल क्लब र बिलिभर्स इष्टर्न चर्च काँकरभिट्टाबीच प्रतिस्पर्धा हुने खेल संयोजक अनिल लिम्बूले जानकारी दिए ।