Kanakai Online

झापामा घरेलु मदिरा बरामद


शुक्रवार, मंसिर २०, २०७६ |

कनकाई अनलाईन
झापा जिल्ला बिर्तामोड नगरपालिका आसपास क्षेत्रबाट प्रहरीलेचार हजार लिटर बढी अवैध घरेलु मदिरा बरामत गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी बाट खटिएको टोलिले बिर्तामोड ३ को बिर्ताबजार,वडा न ६ बुट्टाबारी,अर्जुनधारा नगरपालिका ११ बसपार्क क्षेत्रमा घरेलु मदिरा उत्पादन तथा बिक्रि हुने खवर प्राप्त भएपछि प्रहरीले खानतलासी गरेको हो ।
यसरी खानतलासी गर्दा यी बिभिन्न क्षेत्रबाट प्रहरी उत्पादन गरेका र बिक्री बितरण गर्न राखिएका मदिरा करिव ४ हजार लिटर बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । बरामत गरिएको सो मदिरा स्थानिय जनप्रतिनिधी,संचारकर्मीको रोहवरमा नष्ट गरिएको श्रेष्ठले बताए ।