Kanakai Online

झापामा हुलाकी राजमार्गको कन्तबिजोग


बिहिवार, मंसिर १९, २०७६ |

कनकाई अनलाईन
झापाको पूर्व पश्चिम तराइ लोक मार्ग हुलाकी सडकको निर्माणधीन काम गुणस्तरहीन भइरहेको पाइएको छ ।
प्राविधिक कर्मचारीको निगरानी न्युन हुँदा भद्रपुरको झापा चौकबाट निर्माण सुरू भएको पूर्वी खण्डको झापा चौक—राजगढ सडकमा निर्माण ढेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण कालोपत्रे भत्कन थालेपछि सडकको कामको गुणस्तर कमशल पाइएको हो । यस खण्डको झण्डै २० किलो मिटर सडक कालोपत्रे सम्पन्न गरिएको भनिए पनि दर्जनौ ठाउँमा खाल्डा परिसकेको अवस्था छ । नियामकको कमजोरीको फाइदा लिँदै निर्माण कम्पनीले कामका लागि काम भन्ने शैलीमा सडक निर्माण गरिरहेको पाइएको होे ।
यसैगरी सोही सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको निर्माण कार्यको गुणस्तर पनि कमशल पाइएको छ ।

सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले गरिरहेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नियमित नबस्दा गुणस्तरमाथि प्रश्न उठ्ने गरेको स्थानीयको भनाई छ । सडक निर्माणमा भइरहेको नालीको काममा निर्माण ठेकेदारले गुणस्तरहिन इटा प्रयोग गरिरहेको पाइएको छ । नाली निर्माणका क्रममा अधिकांम्स निर्माण स्थलमा निर्माण व्यवसायीले सम्झौता विपरित निर्माण सामग्री प्रयोग गरिरहे पनि सरकारी पक्ष रमिते मात्र हुँदा निर्माण व्यवसायीको मनोमानी चलिरहेको हो । सडक निर्माण गुणस्तर बारे स्थानीय राजनीतिक दल, सामाजिक अगुवा लगायत नियामकको भूमिकामा रहने सरकारी निकाय मौन देखिएका छन् ।
जसको बल निर्माण व्यवसायीमाथि थपिदा सडक निर्माणको गुणस्तरमा मनोमानी चलिरहेको छ । त्यस्तै भइरहेको कालोपत्रेको काम पनि सम्झौता अनुसारको नहुँदा भत्कने, चर्कने समस्या आइ सकेको छ । निर्माणकै चरणमा भत्केको सडकपछि मर्मत गरेर निर्माण ठेकेदारले सरकारलाई बुझाउने परिपाटीको कारण काम गुणस्तरहिन भएको स्थानीयको भनाई छ ।
तीन वर्षमा सडक निर्माणको काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७१÷७२ बाट सुरू भएको यस आयोजनाका लागि एक वर्ष म्याद थप गराएर समेत निर्माण पक्षले नाली बनाउने, कल्वट बनाउने, वेश ग्राभेल भर्ने, ग्राभेलिङ गर्ने, आधार पिच तयार गर्ने र पिच निर्माण गर्ने गरी विभिन्न टुक्रामा काम गरिरहेका छन् । सडक निर्माणको गुणस्तर कायम राख्न स्थलगत रूपमा बस्नु पर्ने परियोजनाका प्राविधिक निर्माण स्थलमा कमै जाने गरेको कार्यरत मजदुरको भनाई छ ।

सरकारी प्राविधिक पक्षबाट गुणस्तरमाथि नियमित निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम भैरहेको देखिने गरेको छ । दुई खण्ड गरेर काम भइरहेको सडक निर्माण कम्पनीले निर्माण गरिरहेका नाली तथा कल्र्भटका काम गुणस्तरहिन भएको, ग्राभेलिङको काम पनि नियमविपरित रहेको, आधार कालोपत्रेको काम समेत गुणस्तरीय नभएको पाइएको छ । निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न नसकिरहेको स्थानीयको आरोप छ ।
हुलाकी सडक परियोजना अन्र्तगत पूर्व—पश्चिम खण्डको भद्रपुरको झापाचौक—राजगढ क्षेत्रमा निर्माण गरिएको कालोपत्रे फुट्ने तथा भत्कने क्रम सुरू भएपछि घरगाउँमा कालोपत्रे सडक आएकोमा खुसी हुने स्थानीय दुखित बन्न थालेका छन् । सवल सडक निर्माण नभएपछि वर्षादमा पर्ने खाल्डाखुल्डीमा परिने त्रास स्थानीयमा बढेको हो । विगतमा धुले र हिले सडकको पीडा सहेका स्थानीय नयाँ सडक पनि गुणस्तरीय निर्माण नभएपछि बिगतको पीडा अन्त्य नहुने चिन्तामा परेका हुन् । गत वर्ष गरिएको सो क्षेत्रको कालोपत्रे गुणस्तरहिन भएकै कारण भत्कन थाले पनि हुलाकी सडक परियोजनाका प्राविधिकले निर्माण कम्पनीलाई कार्वाहीका लागि कुनै पहल नगरेकोमा स्थानीयको दुखेसो गुनासोमा परिणत हुन थालेको छ । राज्य पक्षको नियामक उदासिन हुँदा सडक निर्माणमा निर्माणमा ठेकेदारको मनोमानी भइरहेको हल्दिवारी ४ जलथलका राजेन्द्र शिवाकोटीको भनाइ छ । उहाका अनुसार मिक्स गिटीले पुर्नु पर्ने सडकको सव—वेश ग्राभेलको काम ठेकेदारले माटोले पुरेपछि जग नै कमजोर बन्दा वेश ग्राभल तथा पिच कमजोर बनिएकोले भत्कन थालेको हो । अधिकांम्स सडक निर्माण क्षेत्र शैक्षिक स्तर तथा जनचेतनाबाट पछाडि परेका नागरिकको बसोबास भएकोले गुणस्तरहिन काम गरिएको स्थानीयले दुखेसो पोख्ने गरेका छन् । यसवारेमा हुलाकी सडक परियोजना भद्रपुरको कार्यालयमा असार महिनादेखि कर्मचारी हाजिर नहुदा सडकको वारेमा थप कुरा बुझ्न सकिएन ।

सम्बन्धित खबर