कनकाई अनलाईन
प्रथम बाह्रदशी स्थानीय तह स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता बुधवारदेखि झापाको बाह्रदशीमा संचालन भएको छ ।
चारदिन सम्म संचालन हुने प्रतियोगितामा झापाका १४ वटा गाउँपालिका र नगरपालिकाले सहभागिता जनाउँने भएका छन् । खेल संचालक समितिका अध्यक्ष रामदर्शन तामाङको सभापतित्व रहेको प्रतियोगिताको उद्घाटन बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गरेका थिए । खेलको माध्यमवाट झापाका सवै स्थानीय तहहरुसँगको सम्वन्धलाई अझै सुमधुर बनाउँनकालागि यस किसिमको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजवंशीले बताएका छन् ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक बाह्रदशी र कचनकबल गाउँपालिका विच भएकोमा २५ ् ११ र २५ ् १९ को साझो सेटले आयोजक बाह्रदशी गाउँपालिका विजयी भएको आयोजक समितिका सदस्य कृष्णमोहन गौतमले बताएका छन् । त्यस्तै प्रतियोगिताको दोस्रो खेल हल्दीबारी गाउँपालिका र गौरादह नगरपालिका विच हुने भनिएकोमा हल्दीबारीका खेलाडीको अनुपस्थितीका कारण वाक ओभरमा गौरादह नगरपालिकालाई विजयी घोषीत गरिएको वताइएको छ । त्यस्तै मेची नगर र बुद्धशान्ती गाउँपालिका विच भएको तेस्रो खेलमा दुबै पटक २५ ्२३ कै सोझो सेटले मेची नगर नगरपालिकाका खेलाडी विजयी भएको आयोजक समितिले जनाएको छ ।
बाह्रदशी गाउँपालिकाको वडा नं।४ र ५ को संयोजनमा सम्पन्न प्रतियोगितामा पहिलो हुने टिमलाई ५१ हजार नगद, प्रमाण पत्र र ट्रफी साथै दोस्रो हुने टिमलाई ३१ हजार नगद, प्रमाण पत्र र ट्रफी वितरण गरिने वताइएको छ । प्रथम पुरस्कार बाह्रदशी गाउँपालिकाले र दोस्रो पुरस्कारको राशी कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सौजन्य गरेको खेलकुद विकास समिति बाह्रदशी गाउँपालिकाका अध्यक्ष देबेन्द्र चम्लगाईँले वताएका छन् । गाउँपालिकाले खेलकालागि विनियोजन गरेको १० लाख रुपैंयाँ मध्येवाट पालिकाभरी विभिन्न खेलकुदका गतिविधी संचालन गरिने खेलकुद विकास समितिका अध्यक्ष चम्लगाईँ वताउँछन् ।
शनिवार सम्म संचालन हुने प्रतियोगिताको दोस्रो दिन विहिवार झापा र गौरीगञ्ज गाउँपालिका, विर्तामोड र कनकाई नगरपालिका त्यसैगरी दमक र शिवसताक्षी नगरपालिका विच खेल हुने बाह्रदशी गाउँपालिका वडा नं। ४ का वडाअध्यक्ष समीम मियाले बताएका छन् । प्रतियोगिताको भलिबल तर्फका प्रदेशस्तरीय एम्पायर राजु पाठकको नेतृत्वमा खडानन्द खतिवडा र काजी गुरुङ् लगायतका एम्पायरहरुले संचालन गरिरहेका छन् ।