कनकाई अनलाईन
झापाको झापा गाउँपालिका ७ झाटीका अगुवा कृषकको अगुवाईमा आलु रोप्ने मेशिन भित्रिएसगै यस क्षेत्रका कृषकहरु कृषिमा प्रविधिको प्रयोगमा अग्रणी बनेका छन ।
स्थानीय देउमाई कृषि सहकारी संस्थाले ३ लाख रुपैँयाको लागतमा यो मेशिन भित्राएको हो । सो कृषि सहकारी संस्थाले बिउका लागि मात्रै यसबर्ष डेढ बिगाह जमिनमा उन्नत जातको आलु रोपेको र आफ्नो सहकारीको आलु रोपेपछि बाकी समय अन्य कृषकको आलुरोप्न समेत सो मेशिन उपलब्ध गराइने कृषि सहकारी संस्थाका अध्यक्ष इश्वरप्रसाद दाहालले बताउनुभयो । कृषि सहकारी संस्थालाई सो मेशिन खरिदका लागि झापा गाउँपालिकाले आर्थिक सहयोग गरेको वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताउनुभयो । मेशिन गाउँमा ल्याएपछि उचित मात्रामा मल विउ बिजन पर्ने र पछि आलु गोड्नुपर्ने झन्झटबाट समेत मुक्ति मिलेको वार्डसदस्य मोहन पोखरेलले बताउनुभयो । कृषक समुहले आफ्नो उत्पादनबाटै अवको केहि बर्षमा कम्तीमा झापा गाउँपालिकालाई बिउ आलुमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको कृषि सहकारीका अध्यक्ष दाहालले बताउनुभयो । कृषकले आलु बिक्री गर्ने वेलामा कम मुल्य रहेपछि आलुको बिउ खरिदका वेला महगो र कम गुणस्तरको आलुको बिउ रोप्नुपरेको पिडाका कारण कृषक समुहले आफ्नो समुहमै आलुको बिउ रोप्न र बिक्री गर्न लागिपरेको हो ।
विशेष कार्यक्रमका विच मेशिनको आलु रोप्ने कार्यक्रम र मेशिन उद्घाटन गरिएको थियो । कार्यक्रममा नेकपाका झापा गाउँपालिका अध्यक्ष रुद्र बजगाई, जिल्ला कृषि महासंघका अध्यक्ष महेश तिम्सिना, वार्डनम्बर ६ का अध्यष हरिकहादुर बानिया , पुर्व गाविस उपाध्यक्ष दिलिपकुमार दास , रानी सामुदायिक वनका अध्यक्ष नरेन्द्रकुमार आङ्देम्बे लगायातले शुभकामना राख्नुभएको थियो ।