कनकाई अनलाईन
झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचारका क्रममा पाँच महिने शिशुको मृत्यु भएपछि चिकित्सकको लापरवाहीका कारण शिशु मारिएको भन्दै पिडित पक्षले अस्पताल तोडफोड गरिदिएका छन ।
बिर्तामोड नगरपालिका ५ निवासी बिजय लिम्बुको पाँच महिने छोरी बिपिशाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । मंगलवार दिउसो १ बजे निमोनिया भएर ल्याएको शिशुको बेलुकी साँझ ५ बजे अस्पतालले अन्यत्र लैजान भन्दाभन्दै निधन भएको थियो । शिशुको मृत्युपछि शिशुका आफन्तले चिकित्सकको लापरवाही भएको भन्दै अस्पतालको शिसा फुटाउनको साथै अस्पताल बोर्ड तोडफोड गरेका थिए । पछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा अस्पताल र शिशुको परिवारजनविच छलफल बसी दिंवगत शिशुको नाममा अस्पतालले ५ लाख रुपैँयाको क्षतिपुर्ति दिने सहमतिपछि अस्पतालको विवाद साम्य भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
अस्पतालका तर्फबाट रोमणि भट्टराई र पिडितको तर्फबाट शिशुका पिता बिजय लिम्बुले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला