Kanakai Online

फक्तालुङ्ग एजुकेशन फाउण्डेशनका विद्यार्थी अन्तराष्ट्रिय सम्मेलनमा


मङ्गलवार, मंसिर १०, २०७६ |

कनकाई अनलाईन
फक्ताङलुङ एजुकेशन फाउण्डेशन कनकाई नगरपालिका ७ दुर्गापुरका बिद्यार्थीहरु २२ औ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि भारतको सिएमएस स्कुल लखनाउ प्रस्तान गरेका छन ।
बिद्यार्थी गुणीय चक्र सम्मेलनका लागि फक्ताङलुङका ५ जना बिद्यार्थीहरु लखनाउ प्रस्तान गरेका हुन । आगामी नेभेम्बर २७ गतेदेखि ३० तारिकसम्म सो बिद्यालयमा हुने केश स्टरी , क्वीज प्रतियोगिता, कोलाज लगायातका कार्यक्रमका लागि बिद्यार्थीहरु सुमित लिम्बु, ओशन नेम्बाङ, ममता गौतम, अपिसरा लिम्बु,मेलिहाङ लिम्बु र शिक्षक प्रतिनिधिका रुपमा विद्यालयका पिन्सिपल ओमविक्रम नेम्बाङ प्रस्तान गर्नुभएको छ ।
यस प्रकारको विद्यार्थीको सहभागिताले दुई देशविचको शैक्षिक वातावरण र अवशरका वारेमा बुझ्न मद्धत मिल्ने विद्यालयका पिन्सिपल नेम्बाङले बताउनुभयो । विशेष कार्यक्रमका विच अन्र्तराष्टिय सम्मेलनमा भाग लिन जाने विद्यार्थीलाई विद्यालयले विदाई कार्यक्रम समेत गरेको थियो ।