सिएम शर्मा
कनकाई नगरपालिका ४ त्रिवेणी टोलमा रहेको पुकार अपाङ्ग असक्त समाजमलाई ३३ लाख माथि सहयोग प्राप्त भएको छ ।
समाजमा रहेका अपाङ्ग अनाथ वालवालिकाहरुको भरण पोषणको अक्षय कोषका लागि २०७६ मंसिर १ गते देखि शुरु गरि मंसिर ८ गते सम्म आयोजना गरिको श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न दाता वाट उक्त सहयोग प्राप्त भएको संस्थाका सचिव गोविन्द शर्मा सुवेदीले जानकारी गराएका छन ।
जस मध्ये स्थानीय दानवीर दाता समाजसेवी कनकाई नगरपालिका ४ निवासी नेत्रप्रसाद दंगाल र उहाको अर्धाङ्गिनी विष्णु माया दंगाल बाट स्थानीय दाता मध्ये सबैभन्दा बढी एकलाख पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ , त्यसैगरी समाजसेवी युवा ब्यवसायी ख्याम ओलि बाट छपन्न हजार एक सय एघार र समाजसेवि पवित्रा ईङ्नाम बाट पच्पन्न हजार पाँच सय पच्पन्न साथै अन्य दाता समेतबाट गरि जम्मा एघार लाख नगद सहयोग प्राप्त भइसकेको छ ।
विभिन्न स्थानीय दाता बाट तीन लाख अठहत्तर हजार तीन सय एकानब्बे , झापा क्षेत्र नं। ४ बाट संघीय संसद लाल प्रसाद सावाले समाज कल्याण कोषबाट दस लाख , क्षेत्र नं। ४ कै प्रदेश संसद हिरा थापाले विभिन्न योजना अन्तर्गत पाच लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।
त्यसैगरी कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल बाट एक लाख , कनकाई नगरपालिका का ८ बटा वडा बाट दस दस हजार र संस्थाको भवन भएको सम्बन्धित वडा वडा नं। ४ बाट पचास हजार , विश्व जागरण अभियान ट्रष्टका इश्वर कृष्ण महाराज बाट एक लाख एक हजार एक सय एघार गरि जम्मा बाइसलाख आठ हजार पाचसय रुपैयाँको प्रतिबद्धता संस्थाले पाएको पनि सचिव सुवेदीले जानकारी गराएका छन ।
महायज्ञको समापन समारोहमा प्राप्त सहयोगको सार्वजनिक गरिएको भएता पनि सम्पूर्ण आय व्ययको विवरण संस्थाले २० दिन भित्रमा सार्वजनिक गर्ने समापन समारोहका अध्यक्ष तथा संस्थाका बरिस्ठ उपाध्यक्ष रघुनाथ भट्टराईले जनाएका छन ।
संस्थाकि अध्यक्ष निर्मला ओझाले ूअपांगतानै जिवनको अन्तय होइन , हजुरहरुको मायानै हाम्रो जीवन होू भन्ने मुल नाराका साथ आयोजना गरिएको महायज्ञमा तन , मन , धन वचन र कर्मले सहयोग गर्नुहुने सम्पूर्णमा आभार ब्यक्त गर्दै निरन्तर संस्थाका वालबच्चाको भरणपोषणका लागि दाताहरुबाट सहयोग को अपेक्षा गरेकी छन ।
शिक्षासेवि इश्वरि प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा कनकाई नगर वडा नं। ४ कि कार्यवाहक अध्यक्ष देविमाया दाहाल , दाता नेत्रप्रसाद दंगाल लगायतले मन्तव्य राखेकका थिए भने कर्यक्रममा दाताहरुलाई सम्मान समेत गरिएको थियोे । उपस्थित सम्पूर्ण धर्मानुरागी, समाजसेवी, दाता महानुभाव लाई संस्थाका उपाध्यक्ष विनोद शर्मा दाहालले स्वागत गरेका थिए भने संचालन कविता बस्नेतले गरेकी थिईन ।
घ ब्ततबअजmभलतक