Kanakai Online

चम्पा फ्लावर्सका विद्यार्थीहरुले गराए असाहयलाई भोजन


शनिवार, मंसिर ७, २०७६ |

कनकाई अनलाईन
झापाको कनकाई ३ सुरुङ्गास्थित चम्पा फ्लावर्स इङ्गलिस एकाडेमीका विद्यार्थीहरु कक्षा कोठामा मात्र सिमित नभई समाजसेवाका क्षेत्रमा समेत उदाहरणीय कार्यमा सरिक हुन थालेका छन् ।

विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले कनकाईधाम कोटिहोममा रहेको पाथिभरा अन्नपूर्ण भण्डारद्वारा सञ्चालित अशक्त, असहाय तथा साधु सन्तहरुलाई भोजन गराएर उदाहरणीय कार्य गरेका हुन् । त्यसका लागि विद्यार्थीहरुले केही दिन अघिदेखि आफ्ना घरमा मुष्ठीदान छुट्याई तथा विद्यालयमा सोही कक्षाका नानीहरुले चिया, अर्गानिक चटपट्टे व्यापार तथा आयमूलक विभिन्न कार्यक्रमहरु गरी रकम सञ्चय गरेका थिए । कार्यक्रम पूर्णरुपमा विद्यार्थीहरुले नै शिक्षकको रेखदेखमा सञ्चालन गरेका हुन् । यस कार्यक्रमबाट पाथिभरा भण्डारमा आश्रित सम्पूर्ण अशक्त, असहाय तथा साधु ९ सन्तहरु अत्यन्तै उत्साहित भएका छन् ।

यसका साथै उक्त कार्यक्रम सञ्चालन गर्न गएका विद्यार्थीहरु पाथिभरा भण्डारमा आफ्नै रकम तथा मिहिनेतले गरेको काम प्रति अत्यन्तै हर्षित भएका थिए । सो अवसरमा भण्डार सञ्चालक छत्र गिरीले विद्यार्थीहरुले आफ्ना घरबाट सङ्कलित मुष्ठीदानबाट ७० किलो चामल एवं सागसब्जी दान गरिएकोमा खुशी प्रकट गरेका थिए । विद्यालयमा ब्रिटिश काउन्सिल युकेरनेपालद्वारा सञ्चालित एक्टिभिटी बेस्ड लर्निङ्ग आईएसए जर्नीको नवौं परियोजना अन्तर्गत विद्यार्थीहरुले कार्यक्रम संचालन गरेको वताइएको छ । ‘प्रेम र दया’ शीर्षक रहेको परियोजना अन्तर्गत विद्यार्थीहरुको सहभागितामा आफ्नो पाठ्यक्रमभित्र रहेर विद्यार्थी आँफैंले कार्यक्रम सञ्चालन गरेका हुन् ।

यो कार्यक्रमले आफुले अरुलाई सहयोग गर्दाको खुसी र अरुले आफ्नो सहयोगबाट प्राप्त गरेको आनन्दबाट अझै सामाजिक बन्नुपर्ने रहेछ र मात्रै आफु सामाजिक बन्न सकिने रहेछ भन्ने कुरा विद्यार्थीहरुले अनुभूति गरेका छन् । प्रेम र सद्भावनाको संकट हँुदै गएमा मानवता नै जोखिममा पर्ने कुराको खतरालाई यो कार्यक्रमले सचेत गराएको विद्यालयका प्रिन्सिपल विमान लामाले बताएका छन् । यसका साथै आगामी दिनमा समेत पाठ्यक्रमभित्र रहेर हरेक कक्षामा कार्यमूलक सिकाइ गराउँदै लैजाने प्रिन्सिपल लामाले जानकारी दिएका छन् । समाज आजभोलि आफु र आफ्नाप्रति मात्र केन्द्रित हँुदै गरेको परिप्रेक्षमा विद्यार्थीहरुले प्रेम र सद्भावनाको महŒव प्रस्टसँग बुझेको कार्यक्रम संयोजक गोकुल आचार्यले बताए । विद्यार्थीहरुलाई विश्व नागरिकको रुपमा विकास गराउनुपर्ने आजको अपरिहार्यतालाई दृष्टिगत गर्दै तयार पारिएको यो कार्यक्रमले विद्यार्थीहरुमा सामाजिक र असल नागरिक बन्न ऊर्जा एवं प्रेरणा मिलेको परियोजना संयोजक सी।एम। निरौलाले बताए ।