Kanakai Online

सुरुङ्गाका दुई पत्रकार सम्मानित


शनिवार, कार्तिक ३०, २०७६ |

कनकाई अनलाईन
झापाको सुरुङ्गास्थित जामुनवारी सामुदायिक वन उपभोक्ता समुह तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रको प्रचार र प्रवद्धनमा कलम चलाएको भन्दै प्राइम एफएमका प्रबन्ध निर्देशक मन नेम्बाङ्ग र नारी संचार गृह झापाकी संस्थापक अध्यक्ष तथा कनकाई सुरुङ्गा प्रेस क्लवकी उपाध्यक्ष समेत रहनुभएकी सावित्राकुमारी दाहाललाई सम्मान गरिएको छ ।
सामुदायिक वनको २४ औ वार्षिक साधरणसभको अवशर पारेर सामुदायिक वनले पत्रकारद्धयलाई नगद सहित सम्मान गरेको हो । सम्मानित पत्रकारद्धयलाई प्रदेशसभाका सदस्य हिराकुमार थापा , कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल , जिल्ला डिभिजन वनका प्रमुख विष्णु घिमिरे , वनका पुर्वअध्यक्ष एवम् वार्डनम्बर २ का वार्डध्यक्ष परशुराम गिरी वनका अध्यक्ष ख्याम प्रसाद सिटौला लगायातले सम्मान गर्नुभएको हो ।
यसैविच वन समुहमा लामो समय काम गरेर अवकाश पाउने कर्मचारी धनबहादुर मगर, कृति बस्नेत , गोविन्द वस्नेत , सरस्वती मावि र पंचकन्या प्रावि , फरक क्षमता भएका निकिता चौधरी र चन्द्रबहादुर राई लगायातलाई समेत सम्मानित गरिएको थियो ।