Kanakai Online

अर्थमन्त्री खतिवडा सुरुङ्गा आउदै


आइतवार, कार्तिक २४, २०७६ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ मा रहेको पुकार अपाङ्ग असक्त समाजमा रहेका २० जना अनाथ वालवालिकाहरुको भरण पोषणका लागि स्थायी स्रोत अक्षय कोषको स्थापनाका लागि श्रीमद भागवत ज्ञान महायज्ञ लगाइने भएको छ ।
संस्थाकी अध्यक्ष तथा समाजकी संचालिका निर्मला ओझाका अनुसार कम्तीमा ५० लाखको अक्षयकोषको स्थापना गर्ने लक्ष्य रहेको छ । महापुराणको उद्घाटन आगामी मंसिर १ गते सरकारका अर्थमन्त्री डाः युवराज खतिवडाले गर्दै हुनुहुन्छ ।

मंसिर १ गतेदेखि ८ गतेसम्म कनकाई नगरपालिका ४ त्रिवेणी टोलमा हुन लागेको यस महापुराणमा युवा पण्डित आशुतोष खनालको प्रमुख पुराण वाचण र रमेश अधिकारीको उपवाचण गर्दै हुनुभएको पुराण समितिका सदस्य गोविन्द सुवेदीले बताउनुभएको छ । महापुराण सम्पन्न गर्नका लागि जेष्ठ नागरिक समाजका रघुनाथ भट्टराईको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।
पुकार अपाङ्ग समाजका वालवालिकाहरुका लागि आफ्नै भवन निर्माणका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले निशुल्क जमिन उपलब्ध गराइसक्नुभएको छ । भने कनकाई नगरपालिका ३ निवासी खुश्बु ओली तथा पिता श्यामसुन्दर ओलीको पहलमा एनएनबी बैकले आफ्नै भवन समेत निर्माण गरिदिएको छ ।