लीलाराज झापाली
झापाको बिर्तामोडमा जारी आजको अन्नपुर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा विभागिय टिम एपिएफलाई सडन डेढमा हराउदै नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल अवधिभर १÷१ मा सकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।
ट्राईब्रेकर समेत बराबरीमा रोकिएपछि म्याच रेफ्री प्रकाश श्रेष्ठले खेलको निर्णय सड्न डेथबाट गर्नुभयो ।
जसमा पुलिस भाग्यमानी बन्न पुग्यो । एपिएफका अन्तिम प्रहार गर्ने भरपर्दा खेलाडी हरि कार्कीको प्रहार पुलिसका गोलकिपर रोशन खड्कालाई छुदै गोल पोष्टमा लागेर फर्किएसगै पुलिस बिजयी बनेको हो । पेलान्टी प्रहारमा पुलिसका तर्फबाट लगातार दुई खेलाडीहरु सुमन लामा र हरि कटुवालको प्रहार खेर गएको थियो । त्यसपछिका खेलाडीहरु क्रमश भरत शाह, अन्जन राई र भोला सिलवालको प्रहार भने गोलमा परिणत बनेको थियो । एपिएफका खेलाडीहरु सुदिप शिल्पकार, नविन लामा र आशिस लामाको प्रहार गोलमा परिणत बनेपछि अन्तिमका दुई खेलाडीहरु राजु नगरकोटी र बुद्धिमान राईको प्रहार पुलिसका गोलकिपर खड्काले रोकेपछि खेल थप रोमान्चक बनेको थियो ।
त्यसपछि सडन डेथमा पुलिसका हेम तामाङ र मानबहादुर तामाङको प्रहार गोलमा परिणत बन्दा एपिएफका खेलाडी रवि थिङको प्रहार गोलमा परिणत हुदा हरि कार्कीको प्रहार पोलमा लागेर फर्किएको थियो ।
प्रतियोगितामा अग्रता भने एफिएफले बनाएको थियो । खेलको ३० औ मिनेटमा पुलिसका खेलाडीले फाउल गरेपछि पाएको प्रहारमा एपिएफका नविन लामाको प्रहारमा रमेश दंगालले हेडमार्फत मिलाइदिएको सुन्दर पासमा हरि कार्कीले उत्कृष्ट गोल गर्दै अग्रता बनाउनुभयो ।
पहिलो हाफ १÷० गोलले पछि परेको पुलिसले खेलको ६० औ मिनेटमा भोला सेलवालले गोल गर्दै खेल बराबरीमा पुर्याउनुभयो । भोलाले प्रहार गरेको उत्कृष्ट प्रहार एफिएफका गोलकिपरले कुनै अनुमान लगाउन नसक्दा खेल बराबरीमा पुगेको थियो । पुलिसका उत्कृष्ट गोल गर्ने भोला सेलवाल खेलको म्यान अफ द म्याच हुनुभयो । उहाँले नगद १० हजार रुपैँया पाउनुभयो ।
खेल अवधिमा पुलिस र आर्मीका आधा दर्जन बढीः प्रहारहरु गोलमा परिणत नहुदा खेल बराबरीमा सकिएको थियो ।
बुधवारको खेल पाहुना भारत आसामको मोलवे क्लव र त्रिभुवन आर्मी क्लवका बिच हुने आयोजक समितिका गौरीमान राईले बताउनुभयो ।
जायोन स्पोटिङ क्लव बिर्तामोडको आयोजनामा स्थानीय डोमालाल रङ्गशालामा भैरहेको प्रतियोगितको फाइनल आगामी कार्तिक २५ गते हुनेछ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद १२ लाख ५० हजार
र ६ लाख २५ हजार पाउने छ ।
तस्वीर ः पुलिस रातो र एपिएफ सेतो जर्सीमा भीड्दै फोटो ः लीलाराज झापाली