Kanakai Online

कनकाई नगरप्रमुखको विरोधीद्धारानै भयो तारिफ


मङ्गलवार, असोज २८, २०७६ |

कनकाई अनलाईन
सरकार विरोधी ज्ञापनपत्र बुझाउन गएका कनकाई नगरपालिकाका ४ सामुदायिक वन समुहका पदाधिकारी सहितको नगर र प्रदेश स्तरीय सामुदायिक वनकर्मीको जम्बो टोली कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रतिवद्धता मन्तव्य सुनेर तिनछक्क परेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ कनकाईका अध्यक्ष दधिराम पोखरेलको नेतृत्वमा यस क्षेत्रका सामुदायिक वनहरु कनकाई सामुदायिक वन , प्रजापति सामुदायिक वन , जामुनवारी सामुदायिक वन , सुकेडाँगी सामुदायिक वन समुहको टोली आज वन उपभोक्ता समुहमा लगाइएको तथा प्रस्ताव गरिएको चर्को कर हटाउनको माग गर्दै कनकाई नगरपालिकामा ज्ञापनपत्र बुझाउनका लागि टोली विहान ११ बजे नगरपालिका प्रवेश गरेको हो । ज्ञापन पत्र बुझाउन पहिला सामुदायिक वन प्रदेश समिति सदस्य गोमा बोहोरा निरौलाले ज्ञापनपत्र पढेर सुनाउनुभएको थियो । जसमा सामुदायिक वनलाई लगाईको स्थानीय देखि प्रदेश र संघिय गरि तेहेरो करको खारेजी , वन पैदावरमा लगाइदै आएको सबै शुल्कहरुको खारेजी लगायातका माग समेटिएका थिए ।
हाल प्रदेश तथा संघिय सरकारमा पेश गरिएको प्रावधान अनुसार वन समुहलाई ८० प्रतिशतसम्म करको बोझ थुपारिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफुले सामुदायिक वन समुहको आन्दोलन र हक अधिकारको वारेमा सजग रहेको बताउदै । ज्ञापन पत्रमा उल्लेख गरेअनुसार कर सामुदायिक वनमाथि थोपारिएको भएमा कनकाई नगरपालिकाले लिएको करमा थप गरेर समुहकै हकहितका लागि रकम फिर्ता गरिदिने बताउनुभयो । सरकाले सामुदायिक वन विरोधी निति नबनाउन नगरप्रमुख पोखरेलले सुझाव समेत दिनुभयो । महासंघकी नगर सचिव मान्ता खरेलले संचालन गरेको कार्यक्रममा अध्यक्ष दधिराम पोखरेलले सरकारले सामुदायिक वनले वन संरक्षण र यसको दिगो विकासको अवमुल्यन गरेमा देशभरका सामुदायिक वन आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

सम्बन्धित खबर