Kanakai Online

शिक्षा र स्वास्थ्यको जिम्मा राज्यको मन्त्री आङ्बो


बिहिवार, असोज ९, २०७६ |

कनकाई अनलाईन
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले नेपालको आजसम्मको शैक्षिक अवस्था शैक्षिक बेरोजगार उत्पादनको कारखाना मात्रै बन्दै आएकोमा यो क्रम रोकिने बताउनुभएको छ ।
झापाको कनकाई नगरपालिका स्थित सरस्वती माविको कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले अवका बाकी दिनमा सरकारका तीनै तहको प्राथमिकता शिक्षामा पर्ने र शिक्षाको पाठ्यक्रम निति कम्तीमा ७० प्रतिशत हिसा प्राविधिक र २० प्रतिशतमात्रै सामाजिक शिक्षा राखिने जानकारी दिनुभयो । मन्त्री आङ्बोले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्र निजि क्षेत्रलाई व्यापार गर्न नदिने निति बनाएकोले निजि क्षेत्रलाई यसमा प्रवेश नर्गन बरु अन्य क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो ।
राज्यले हालसम्म भए गरेका निजि क्षेत्रका शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीलाई समेत कानुन बनाएर फिर्ता वा अन्य विकल्पमा लैजान सक्ने समेत बताउनुभयो । प्रथम पटक देशमा शिक्षा क्षेत्रमा दोहोरो अंकको बजेट सरकारले छुट्टाएको भन्दै यसलाई निरन्तता दिदै प्राविधिक शिक्षामा सरकारको जोड रहने मन्त्री आङ्बोले बताउनुभयो ।
संविधानमै मावि सम्मको शिक्षा स्थानीय सरकारको जिम्मामा रहने उल्लेख गरिसकिएको हुदा सरकार त्यसमा पछि हट्न नमिल्ने भन्दै कतिपय कर्मचारी र शिक्षक प्रतिनिधि विद्यालय स्थानीय सरकारको मातहतमा नराख्न भन्दै डेलिकेशन आउने गरेकोले संविधानको कार्यान्वयका लागि पनि यो माग सम्मोधन नहुने बरु शिक्षामा लगानी बढाउन सकिने बताउनुभयो ।
सरकारको काम काजमा रहने कोहिपनि कर्मचारीले न्युनतम पारिश्रमिक नपाएको भन्ने गुनासो आउन नहुने भन्दै विद्यालयमा सहयोगी कर्मचारी , वाल शिक्षक लगायातको न्युनतम तलवमान ज्यादै कम भएको गुनासो आएको भन्दै कर्मचारी र वालशिक्षकको न्युनतम ज्याला पुर्याउने जिम्मा पनि स्थानीय सरकारको भएको मन्त्री आङ्बोले बताउनुभयो । अझैपनि कतिपय कर्मचारीले कर्मचारी समायोजनमा स्थानीय र प्रदेश सरकारमा जान आलटाल गरिरहेकोले यसले संघियता विरोधीलाई टेवा पुर्याउने काम गरेको बताउनुभयो ।