कनकाई अनलाईन
भद्रपुर । लायन्स क्लव अफ भद्रपुरको सन् ०१९÷०२० को कार्यसमितिले बुधबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हालेको छ ।
झापा उद्योग संघको सभाहलमा बुधबार आयोजित एक समारोहका बीच अध्यक्ष यमबहादुर श्रेष्ठलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सपथ गराएसँगै कार्यसमितिले औपचारिक रुपमा जिम्मेवारी सम्हालेको हो ।
लायन्सको डिष्ट्रिक गभर्नर इन्द्र खत्री ‘राजन’ले अध्यक्ष श्रेष्ठ, प्रथम उपाध्यक्ष योगेन्द्र पौडेल, द्वितीय उपाध्यक्ष प्रकाश उप्रेती, तृतीय उपाध्यक्ष भूमिप्रसाद राजवंशी, सचिव शर्मिला अधिकारी, ज्वाइन्ट सेक्रेटरी, अनिता राजवंशी, कोषाध्यक्ष गोपालदास खनाल, मेम्बरसीप ग्रोथ चेयरपर्सन हुलासचन्द्र सरिया, टेलट्युष्टर उत्तम राजवंशी र सदस्यहरु ीशवकुमार गुप्ता, पृथ्वीबहादुर पौडेल, उर्मिला गौतमलाई सपथ गराउनुका साथै अध्यक्ष श्रेष्ठलाई ज्याबल हस्तान्तरण गरे । कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई लायन्स पिन पनि प्रदान गरिएको थियो । लायन्सको नयाँ सदस्यता लिएकी पार्वती ओझालाई पनि सपथ गराउनुका साथै पिन प्रदान गरिएको थियो
प्रथम उपाध्यक्ष योगेन्द्र पौडेलले सञ्चालन र १ नं प्रदेशसभा सदस्य तथा लायन ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा गभर्नर खत्रीले लायन्सका अन्तर्राष्ट्रिय मूल्य–मान्यता र सामाजिक सेवा कार्यका बारे जानकारी गराएका थिए ।
समारोहमा प्रमुख अतिथि सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, लायन्सको जोन चेयरपर्सन ओमकृष्ण विमली, नेकपा भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।


