कनकाई अनलाईन
कनकाई क्षेत्रका ३५ बर्षमाथिका फुटबल खेलाडीहरु संगठित बनेका छन ।
ज्ञानबहादुर कार्की कैलासको अध्यक्षतामा ९ सदस्यीय कनकाई भेट्रान क्लवको गठन भएको छ ।
समितिको उपाध्यक्षमा दिलकुमार कार्की (डिल्लु) सचिवमा देवकुमार आलेमगर ( नकुल) सहसचिवमा रमेशकुमार मैनाली र कोषाध्यक्षमा केशवकुमार श्रेष्ठ र सदस्यहरुमा चन्द्रकुमार श्रेष्ठ, रमेश कार्की, सन्तोस लिम्बु र दिपक वराइली रहनुभएको छ । समितिको सल्लाहकारमा ज्योतीकुमार उप्रेती, प्रविन तिम्सिना र राजेन्द्रप्रसाद खतिवडा रहनुभएको छ । खेल खेलौ स्वस्थ्य रहौ भन्ने मुल नाराका साथ क्लवको स्थापना गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।


