कनकाई अनलाईन
क्यासर रोगबाट थलिनुभएका झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुका ५६ बर्षिय चानक उप्रेतीलाई विदेशमा बस्ने दुई झापाली युवाले २० हजार रुपैँया सहयोग गर्नुभएको छ ।
चानक विगत ४ बर्षदेखि क्यान्सर रोगले थलिनुभएको छ । उप्रेतीलाई झापा गाउँपालिका ६ घरभई हाल रोजगारीमा अमेरिकामा रहदै आउनुभएका मेघराज सिटौलाले १० हजार तथा शिवसताक्षी ७ घरभई हाल रोजगारीका लागि कतारमा रहनुहुने भीष्मराज सिटौलाले १० हजार रुपैँया आर्थिक सहयोग गर्नुभएको छ ।
यसअघि उप्रेतीले आफ्नो उपचारका क्रममा सबै जायजेथा सकिएको भन्दै कनकाई साप्ताहिक र कनकाई अनलाईनमा सहयोगको अपिल गर्नुभएको थियो । सिटौलाद्धयले गरेको सहयोग उहाकी श्रीमती अम्बिका ओली उप्रेतीको नाममा रहेको नेपाल बैँकको खातामा जम्मा गरिएको चानक उप्रेती बचाउ अभियानका अभियानकर्ता प्रदिप उप्रेतीले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।
चानकले आफु बिरामी भएपछि हालसम्म उपचारका लागि ७० लाख रुपैँया खर्च गरिसक्नुभएको बताउनुभएको छ ।
हाल आफ्नो स्वास्थ्यमा सुधार भैसकेको भएपनि अव कम्तीमा २० लाख रुपैँया भएमा आफु पुरा जिवन वाच्ने आशा भएको उप्रेतीले बताउनुभयो । अव मलाई खाद्य नलिको क्यान्सरका लागि केमु चडाउनु पर्छ । भारतको डिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएका उप्रेतीले भन्नुभयो आजसम्म आफ्नो भएभरको जाय जेथा वेचेर तथा आफन्तसग ऋण तथा सहयोग गरेर उपचार गराए अव चाहि मलाई देश विदेशमा रहनुहुने नेपालीले सहयोग गरिदिए हुनेथियो ।
एक छोरा र श्रीमती अम्बिकाका साथमा सुरुङ्गामा रहदै आउनुभएका उप्रेतीले आफ्नो उपचारका लागि आर्थिक सहयोगका लागि सबैसग अनुरोध गर्नुभएको छ । ४ बर्ष पहिले सामान्य पेट दुखेर काठमाण्डौको टिचिङ्ग अस्पतालमा भर्ना हुनुभएका उप्रेतीलाई त्यहा टिबी रोग भनेर निक्कैदिन अल्मलाएको पछि अर्को अस्पताल जादा ट्युमर भैसकेको थाहा भएको बताउनुभयो ।
मैले अस्पताललाई मुद्धा हाल्न खोज्दै थिए तर आफुलाई विरामले वढिनै च्यापिसकेका कारण थप उपचारका लागि दिल्ली गए आजसम्म आईपुग्दा यतिको खर्चभयो अव वाच्छुभने लागेको छ उप्रेतीले भन्नुभयो । कम्तीमा अव केहिउपचार पाए वाच्नेथियो यतिको रकम खर्चभैपनि सक्यो आफुसग उपचारका लागि थप रकम छैन ।
यता उप्रेतीकी श्रीमती अम्बिका देवि ओली उप्रेतीले केहि आफ्ना बन्धुका नेताकोमा जादा बरु झुण्डिएर मर्नुनी बरु भन्ने कटु वचन पाएको दुखेसो पोख्नुभयो । उप्रेतीलाई सहयोग गर्ने चाहना हुनेले नेपाल बैँकको सुरुङ्गा साखामा रहेको अम्बिकादेवि ओलीको नाममा रहेको १४७०१५०६२१५९२१०००००१ नम्बरको खातामा रकम जम्मा गरिदिन वा मोवाइल नम्बर ९८४२६३४५८९ मा सम्पर्क राखिदिन समेत अनुरोध गर्नुभएको छ । यसैगरि चानकलाई यसअघि सामाजिक संजालबाट जोडिएका युवाहरुको संस्था माउण्ट एभरेष्ट सेवा समाजद्धारा समेत ३७ हजार उपचारका लागि घरमै पुगेर सहयोग गरेको थियो ।