Kanakai Online

सम्पादक झापाली सहित शिक्षासेवी सम्मानित


मङ्गलवार, भदौ १०, २०७६ |

कनकाई अनलाईन
झापा शिवसताक्षी नगरपालिका १० टेक्रास्थित दिपेन्द्र आधारभुत विद्यालयले आफ्नो १८ औ अविभावक दिवश तथा बार्षिक उत्सवको अवशर पारेर कनकाई साप्ताहिकका सम्पादक लीलाराज झापाली सहित विद्यालयलाई योगदान पुर्याउने सहयोगी दाता तथा शिक्षासेविलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद एलपि साँबा लिम्बु प्रदेश सभा सदस्य हिराकुमार थापाले पत्रकार झापाली सहित जग्गादाता तथा कनकाई नगरपालिका वार्डनम्बर ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , कर्णबहादुर थापा , कृष्णप्रसाद पोखरेल , नारायणप्रसाद पोखरेल , माधव प्रसाद पोखरेल , मातृकाप्रसाद ढकाल , विद्यालयमा सरस्वतीको मुर्ति बनाइदिने सोमनारायण पराजुली , संस्थागत सहयोग पुर्याउने गैडे सामुदायिक वन समुह लगायातलाई सम्मान गरेको हो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि संघिय सांसद एलपि साँबा लिम्बुले अवको १० बर्षभित्रमा देशमा कोहीपनि नागरिकका छोराछोरीले दुइखाले शिक्षा नपाउनेगरि सरकारले तयारी थालेको बताउनुभयो ।
अव कम्तीमा पनि शिक्षामा विभेदको अवस्था सबैतीर हट्ने छ यसका लागि पहिलो आर्थिक व्यावस्थापन हो सरकार यसमा लागिपरेको छ । चाडै शिक्षाको विभेद हट्ने् छ चाहे हिमालमा होस चाहे तराइमा चाहे मुस्मिल होस हिन्दु चाहे महलमा बस्नेका छोराछोरीहुन या झुप्रोमा बस्ने नागरिकका छोराछोरी किन नहुन सबैले पाउने शिक्षाको गुणस्तर समान हुनेछ सांसद साबाँले भन्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य हिराकुमार थापा , पुर्वसांसद तारा योङहाङ्ग , सम्मानित व्याक्तित्व रुद्रप्रसाद चिमरिया लगायातले मन्तव्य राख्नुभएको थियो । विविध सास्कृतिक तथा खेलकुद प्रतियोगिता समेतको आयोजना गरिएको कार्यक्रम विद्यालयका अध्यक्ष कुमारसिंह साँबालिम्बुको अध्यक्षतामा भएको थियो भने विद्यालयका प्रअ सिताराम न्यौपानेले विद्यालयले राखेका लक्ष्यका वारेमा प्रकाश पार्दै अंग्रेजी र कम्युटर शिक्षालाई विद्यालयले जोड दिएको बताउनुभयो । विद्यालय १८ बर्ष पहिले २०५८ सालमा स्थानीय कृष्ण पोखरेलको घरमुनिबाट सुरु भएको हो ।
यसविचमा विद्यालयको आफ्नै भवन र खेल मैदान रहेको छ । विद्यालयलाई स्थापना कालदेखि विभिन्न समयमा सहयोग पुर्याउनेलाई यस अवशरमा सम्मान गरिएको हो ।

सम्बन्धित खबर