अब्दुल सद्दाम अन्सारी
देशमा शैक्षिक बेरोजगारको समस्या बढिरहेको वेला झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले आफ्ना विद्यार्थीका लागि अध्यानपछि रोजगारीका लागि अवशरको श्रृजन ागर्ने भएको छ ।
चार बर्षे स्नातक कक्षा उत्र्तीणपछि विद्यालयका विद्यार्थीका लागि विभिन्न बैँक , निजि विद्यालय , शैक्षिक तथा अन्य सामुदायिक निजि प्रतिष्ठान र व्यापारिक प्रतिष्ठानहरुमा यहाँ अध्यानरत् विद्यार्थीलाई सुरुमा ईन्टरशीपका लागि पठाउने र राम्रो अभ्यास भएका विद्यार्थीका लागि क्याम्पसले सोही क्षेत्रमा रोजगारीका लागि समेत पहल गरिने क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख विकासकुमार उप्रेतीले बताउनुभयो । यहाँका स्थानीय शिक्षाप्रेमीहरुबाट २०४७ सालमा स्थापना भएको यस क्याम्पसमा झापाका सबै पालिका तथा छिमेकी जिल्ला इलाम , पाचथर , ताप्लेजुङ्ग र मोरङ्गबाट समेत क्याम्पसमा विद्यार्थीहरु अध्यानका लागि आउने गरेका छन । झापाका विभिन्न स्थानबाट अध्यानका लागि आउने विद्यार्थीहरुका लागि क्याम्पसले यसैबर्षमात्रै क्याम्पस बस संचालनमा ल्याएको क्याम्पस संचालक समितिका सदस्य खगेश्वर उप्रेतीले बताउनुभयो ।
समुदायबाट संचालित यस क्याम्पसमा यसै शैक्षिक सत्रबाट अन्र्तराष्ट्रिय क्युए प्रमाणपत्र ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको क्याम्पस संचालक समिति सदस्य तथा प्राध्यापक समिति अध्यक्ष हरिप्रसाद तिम्सिनाले बताउनुभयो । कक्षा ११ देखि स्नातकोत्तर तहसम्म एउटै छानामुनि पठनपाठन हुने क्याम्पसमा हाल स्नातक तहको चारबर्षे तहमा थप तीनसय विद्यार्थीको भर्ना तयारी गरिएको विद्यार्थी भर्ना समितिका संयोजक शिक्षक हरिप्रसाद तिम्सिनाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पछिल्लो बर्ष देखि क्याम्पसमा विभिन्न दाता तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा क्याम्पसको शैक्षिक, वातावरण , तथा भौतिक विकास गरिएको छ भने थप नयाँ विषयहरुको समेत पठन पाठन सुरु गरिएको क्याम्पसका सहायक प्रमुख शेरबहादुर बानियाले बताउनुभयो । पत्रकार सम्मेलनमा क्याम्पसका विद्यार्थी नेता रविन गुप्ताले क्याम्पसले यातायातको सुविधा थप गरेर कम शुल्कमा उच्च शिक्षा हासिल गर्ने न्युन आय भएका विद्यार्थीलाई थप मद्दत गरेको बताउनुभयो । क्यापसका लेखा समिति सदस्य सागर ढुङ्गानाले गरिब परिवारका विद्यार्थीका लागि छात्रबृत्ति लगायातका सुविधा थप्न आग्रह गर्नुभयो ।
Trending
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव