Kanakai Online

सुरुङ्गा खानेपानीमा दाहाल युगको अन्त्य अधिकारी युगको सूरुवात


शनिवार, जेठ १८, २०७६ |

कनकाई अनलाईन  सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विहिवार सम्पन्न कार्यसमितिको निर्वाचनवाट भीमप्रसाद अधिकारीले नेतृत्व गरेको साझा विवेकशील नेतृत्वको संयुक्त लोकतान्त्रीक प्यानल नै विजयी बनेको छ ।
अध्यक्षमा निर्वाचित भएका साविक सुरुङ्गा गाविसका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले १ सय ७९ मतको अन्तरले आफ्ना प्रत्यासीका रुपमा संयुक्त प्यानलको नेतृत्व गरेका खानेपानीका संस्थापक अध्यक्ष प्रेमप्रसाद दहाललाई पछि पार्दै विजयी बनेका हुन् । अधिकारीले १२ सय ६१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी दहालले १ हजार ८२ मत प्राप्त गर्न सफल भएका छन् । यो हारसगै दाहालको सुरुड्गा खानेपानीको २३ बर्षे अविराम यात्रामा विराम लागेको छ । भने भीम अधिकारी युगको सूरुवात भएको छ । अधिकारी विवेकशील साझाका नेता समेत हुन । उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांगेस , तेस्रो ठुलो दल संघिय समाजवादी पार्टी र अर्को दल राप्रपा समेतको सयुक्त गठजोडबाट उम्मेद्धारी दिएका थिए भने प्रेम दाहाल नेकपा र राप्रपाका केहि विद्रोही समुह समेतको समर्थनमा उम्मेद्धारी दिएर चुनावमा होमिएका थिए । विहिवार भएको मतदानको मतगणना शुक्रवार दिउसो सार्वजनिक भएको थियो , जसमा ९ सदस्यीय पुरै प्यानलै अधिकारी प्यानलले बिजयी भएको हो ।
कार्यसमितिको उपाध्यक्षमामा अधिकारी प्यानलकै युवराज संग्रौलाले १२ सय ८६ मत प्राप्त गरी विजयी बनेका छन् भने प्रत्यासी यमनाथ सेढाईँले १हजार २२ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा अधिकारी प्यानलकै मीनकुमार प्रधानले १२ सय ९२ मत प्राप्त गरी विजयी बनेका छन् भने प्रत्यासीका रुपमा रहेका टिकाप्रसाद पाठकले १ हजार ५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा रामवहादुर न्यौपानेले १२ सय ५ मत प्राप्त गरी विजयी बनेका छन् भने प्रत्यासी सुरेशकुमार गुरुङ्ले १ हजार ७६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक टिकाकुमार पोखरेलले वताएका छन् ।
सदस्यमा लोकतान्त्रीक प्यानलकै भरतकुमार श्रेष्ठले १२ सय ९८ मत, बलराम अधिकारीले ११ सय ८२ मत, सुर्य गुरुङ्ले १२ सय ४८ मत, अम्बिका चापागाई सुवेदीले १२ सय २३ मत र धनमाया चिमरीयाले अत्यधिक मत १३ सय ८० मत प्राप्त गरी विजेता बनेको वताइएको छ ।
 
प्रत्यासीका रुपमा रहेका संयुक्त प्यानलका सदस्यहरुमा राजेन्द्र उप्रेतीले ११ सय ५२ मत, रमेश हुमगाईँले १ हजार ३२ मत, भीष्म मैनालीले ११ सय १२ मत, कल्पना ढकालले १ हजार ४९ मत र चीत्राकुमारी श्रेष्ठले ९ सय ४१ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य दुर्गा प्रसाईँले बताएका छन् ।
कुल २८ सय २५ मतदाता संख्या रहेको संस्थामा २४ सय ३९ मत खसेको थियो भने पदाधिकारी तर्फ २६ मत र सदस्य तर्फ ४९ मत बदर भएको निर्वाचन समितिका सदस्य गंगाप्रसाद ढुङ्गेलले वताएका छन् ।
सुरुङ्गा खानेपानीका नवनिर्वाचित अध्यक्ष अधिकारी २०४३ सालमा गाउँपञ्चायतको निर्वाचनमा तत्कालिन सुरुङ्गा गाउँपञ्चायतको वडा नं।४ वाट जनपक्षीय उम्मेद्वारका रुपमा वडाअध्यक्षमा निर्वाचित भइ सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएका हुन् । त्यसपछि देशमा बहुदल आएपछि २०४९ देखी २०५९ साल सम्म लगातार दुई पटक तत्कालिन सुरुङ्गा गाविसको अध्यक्षको सफल जिम्मेवारी पूरा गरिसकेका अधिकारी गत स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा कनकाई नगरको प्रमुखको उम्मेद्वार बनेर तेस्रो शक्तिका रुपमा स्थापीत बनेका थिए ।
सुरुङ्गा खानेपानीको अध्यक्षमा निर्वाचितभएसँगै मतदातालाई संक्षिप्त रुपमा संवोधन गर्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले सवै मतदाता खानेपानीका उपभोक्ता भएकाले यहाँ हार कसैको पनि नभएको वताएका छन् । आगामी दिनमा सवैसँग सहकार्य गर्दै एकताका साथ सुरुङ्गा खानेपानीको विकासकालागि निस्वार्थका साथ अघि बढ्दै मुलुककै नमुना खानेपानीका रुपमा व्यवस्थित गर्न क्रियाशिल रहने नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिवद्धता जनाएका छन् ।