कनकाई अनलाईन ।
सुनसरीको इनरुवामा जारी प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ । एकपछि अर्को उपाधि जितेर देशमै तहल्का मच्चाउदै आएको झापा गाउँपालिकाले यो सिजनको पहिलो उपाधिसगै नगद १ लाख रुपैँया प्राप्त गरेको छ । झापा गाउँपालिकाका अधिकांस खेलाडीले व्याक्तिगत स्पर्धामा समेत उत्कृष्ट घोषणा भएका छन ।
फाइनल खेलमा इटहरीको शिखर सुजको टिमलाई २५ —१९ , २५ —२१ र २५ —१५ को सोझो सेटले पराजित गर्दै नगद एकलाखको उपाधि रक्षा गरेको हो । इनरुवा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा उपबिजयी हुने शिखर सुजको टिमले ५० हजार रुपैँया पाएको थियो ।