कनकाई अनलाईन
आगामी जेठ १६ गते हुने सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा खानेपानीका संस्थापक अध्यक्ष प्रेम दाहाल र सुरुङ्गा गाविसका पुर्वअध्यक्ष भीमप्रसाद अधिकारी आमने सामने भएका छन ।
प्रेम दाहाल नेकपाका नेता हुन भने भीम अधिकारी विवेकशील साँझाका नेता हुन । शनिवार तोकिएको उम्मेद्धारी दर्ताको समयमा दाहाल र अधिकारी प्यानलबाट मात्रै उम्मेद्धारी परेको हो । २ अनिवार्य महिलासहित कुल ९ पदका लागि ४ महिलासहित १८ जना उम्मेद्धारले उम्मेद्धारी दिएको निर्वाचन संयोजक टिकाप्रसाद पोखरेलले बताउनुभयो ।
नेकपा र राप्रपाको एक समुहको सहयोगमा उम्मेद्धारी दिएका प्रेम दाहालको प्यानलबाट उपाध्यक्षमा यामनाथ सेढाई , सचिवमा टिकाप्रसाद पाठक , कोषाध्यक्षमा सुरेसकुमार गुरुङ्ग र महिला सदस्यहरुमा कल्पना ढकाल र चित्राकुमारी श्रेष्ठले उम्मेद्धारी दिनुभएको छ भने कांग्रेस , विवेकशील साझा , राप्रपा नेपाल , र संघिय समाजवादीको समर्थनमा उम्मेद्धारी दिनुभएका अधिकारीको प्यानलबाट उपाध्यक्षमा युवराज संग्रौला , सचिवमा मिनकुमार प्रधान , कोषाध्यक्षमा रामबहादुर न्यौपानेले उम्मेद्धारी दिनुभएको छ भने महिला सदस्यमा धनमाया चिमरिया र अम्बिका चापागाँई सुवेदीले उम्मेद्धारी दिनुभएको छ । अधिकारी प्यानलबाट सदस्यहरुमा बलराम अधिकारी , भरतकुमार श्रेष्ठ र सुर्य गुरुडले उम्मेद्धारी दिनुभएको छ ।
खानेपानीका लागि दाहाल , सेढाईँ , पाठक , गुरुङ्ग , मैनाली , र अम्बिका चापागाई पुरानै अनुहार हुन भने बाकी सबैका लागि नयाँ अनुभव रहेको छ । खानेपानीमा कुल २८ सय २५ मतदाता रहेको निर्वाचन समितिका सदस्य दुर्गा प्रसाईले बताउनुभयो । स्मरणीय छ पछिल्लो समय समेत भीम अधिकारी र प्रेम दाहाल स्थानीय तहको निर्वाचनमा दुबै कनकाई नगरपालिकाबाट मेयरको उम्मेद्धारका रुपमा प्रत्यासी रहेका थिए ।