Kanakai Online

हाम्रो नेपालको ऋण मिनाह


शनिवार, जेठ ४, २०७६ |

कनकाई अनलाईन
सुरुङ्गा , जेठ ४ गते । हाम्रो नेपाल ऋण तथा सहकारी संस्थाले आफ्ना दिवंगत ऋणीको १ लाख १४ हजार ८ सय ८५ रुपैँया मिनाह गरिदिएको छ ।
झापा कनकाई नगरपालिका ७ दुर्गापुर निवाशी ३० बर्षिय नविन सापकोटाको मृत्युपछि उहाँले लिएको सो ऋण रकम संस्थाले मिनाह गरिदिएको हो । शनिवार सापकोटाको घर दुर्गापुरमै पुगि हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाले सापकोटाले लिएको सो रकमको ऋण मिनाहको पत्र मृतककी श्रीमती पुजा सापकोटा , बुबा गोविन्द सापकोटा , आमा मैया सापकोटालाई प्रदान गर्नुभएको हो । ऋण मिनाहको पत्र दिदै संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले संस्थाले सामाजिक उत्तर दायित्वको कार्यक्रम अन्र्तगत सापकोटा परिवारले लिएको ऋण मिनाह गरिएको बताउनुभयो । सापकोटाले सहकारी संस्थाको सुरुङ्गा साखाबाट लघु उद्यम शीर्षकमा २०७५ साल फागुन ५ गते ऋण लिएकोमा २०७५ साल चैत्र १२ गतेका दिन सापकोटाका श्रीमान नविनको नोबेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक सापकोटाका १ छोरा रहेका छन भने श्रीमती पुजा गर्भवती समेत रहनुभएको छ । कार्यक्रममा हाम्रो नेपालका संचालक समिति सदस्य तथा संचारकर्मी राजेन्द्र गौतम , मानवअधिकारकर्मी दिपक दास लगायातको उपस्थिति रहेको थियो । सहकारीले ऋण मिनाह गरिदिएर पिडित परिवारलाई ठुलो उपकार गरेको मृतकका पिता गोविन्दले बताउनुभयो । मृतक नविन दुर्गापुर बजारमा सानो रेडिमेट कपडाको पसल संचालन गर्दै आउनुभएको थियो ।