Kanakai Online

आज १०० मा भरपेट लिच्ची


शनिवार, जेठ ४, २०७६ |

कनकाई अनलाईन
झापाको विर्तामोडमा आजबाट लिच्ची फेस्टिबल हुने भएको छ ।
शिक्षासेवि जयनारायण ढुङ्गानाले १५ विगाह क्षेत्रमा लगाएको बगैचामा फलेको लिच्ची खानका लागि आगामी जेठ ४ आजदेखि गतेदेखि ५ दिनसम्म बगैँचामा लिच्ची फेस्टिबल राखिएको ढुङ्गानाले बताउनुभयो ।
सो बगैँचामा प्रतिव्याक्ति एक सय रुपैँया तिरेपछि आफुले भरपेट लिच्ची आफैँले टिपेर खान पाइने र घर लैजानका लागि समेत बगैचा बाहिरको स्टलबाट किनेर लैजान सकिने ढुङ्गानाले बताउनुभयो ।
लिच्ची फेस्टिवलका लागि झापाका विभिन्न स्थानमा निशुल्क वस सेवाको समेत व्यावस्था गरिने समेत आयोजकको भनाई छ । अघिल्लो बर्षबाट गरिदै आएको लिच्ची फेस्टिबलमा ५ हजार भन्दा वढीले लिच्ची खानभाग लिने लक्ष्य रहेको ढुङ्गानाले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो । विर्तामोड २ मा रहेको १५ विगाह क्षेत्रको बगैँचामा लिच्ची , आप , कटहर , अम्बा लगायातका फलफुल रोपिएको छ ।
मानिसलाई स्वस्थ्य फलफुल खुवाउन तथा गर्दा के हुदैन र भन्ने शन्देश जनतामा पुर्याउनका लागि आफुले हरेक वर्ष लिच्ची , अम्बा आप फेस्टिबलको आयोजना गरिएको ढुङ्गानाले बताउनुभयो ।