Kanakai Online

सुरुङ्गा खानेपानीमा प्रेम दाहाल प्यानल घोषणा


शनिवार, जेठ ४, २०७६ |

कनकाई अनलाईन
आगामी जेठ १६ गते हुने सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनका लागि नेकपा नेतृत्वको प्यानल सार्बजनिक गरिएको छ ।
९ पदका लागि सार्बजनिक गरिएको प्यानलमा अध्यक्षमा प्रेमप्रसाद दाहाल उपाध्यक्षमा यामनाथ सेढाई रहनुभएको छ । प्रेम दाहाल खानेपानीका संस्थापक अध्यक्ष हुन भने उपाध्यक्ष सेढाई यसअघि पनि उपाध्यक्ष रहिससेका छन । यसैगरि सचिवमा टिकाप्रसाद पाठक र कोषाध्यक्षमा सुरेशकुमार गुरुङ्ग रहेका छन ।
पाठक र गुरुङ्ग पनि यसअघि खानेपानीमा विभिन्न जिम्मेवारीमा रहि काम गरिरहनुभएको छ । यसैगरि सदस्यहरुमा भीष्म मैनाली , रमेश हुमागाई , राजेन्द्र उप्रेती , चित्रा श्रेष्ठ , र कल्पना ढकाल सदस्यमा सिफारिस गरिएको नेकपाका जिल्ला सदस्य तथा उम्मेद्धार सिफारिस समितिका सदस्य गोपाल प्रसाईले बताउनुभयो । यता नेपाली कांग्रेस र विवेकशील साझा पार्टीको तर्फबाट भीमप्रसाद अधिकारीको नेतृत्वमा वा अरु कसैको नेतृत्वमा जाने भन्नेवारेमा छलफल चलिरहेको एक नेताले कनकाईलाई जानकारी दिनुभयो । आज विहान ९ बजेसम्ममा उम्मेद्धारको टुङ्गो लाग्ने उहाँको भनाई छ ।
खानेपानीको आजै १२ बजे उम्मेद्धारीको मनोनयन गर्ने कार्यक्रम छ ।