कनकाई अनलाईन
रेडक्रस सोसाइटी सुरुङ्गाको निर्वाचनमा नेकपा र विवेकशील साझा पाटीको प्यानलै बिजयी भएको छ । यो जितसगै कनकाईमा नेकपाले केहि महिना अगाडि भएको उद्योग बाणिज्य संघको निर्वाचनमा कांग्रेस र राप्रपा सग हारेको वदला लिन सफल भएको छ ।
भएको निर्वाचनमा नेकपा र विवेकशीलका सभापतिका उम्मेद्धार प्रविन तिम्सिनाले छन उनका प्रतिद्धन्द्धी २ सय ७८ मत ल्याउदै बिजयी बनेका नेपाली कांग्रेस र राप्रपाका उम्मेद्धार देवि बास्तोलाले १५५ मत मात्रै ल्याउनुभएको छ ।
सभापतिमा १२३ मतअन्तरले तिम्सिना बिजयी हुनुभएको हो । यसैगरि उपसभापति , सचिव कोषाध्यक्ष , उपसचिव र सदस्यहरुमा समेत तिम्सिना प्यानलै बिजयी भएको छ । उपसभापतिमा तिम्सिना प्यानलका कमला सुबेदीले २६२ मतका साथ बिजयी हुदा वास्तोला प्यानलकी शान्ति कट्टेलले १६९ मत ल्याउनुभएको छ । सुवेदी उपसभापतिमा ९३ मतअन्तरले बजियी हुनुभएको छ । यसैगरि सचिव पदमा तिम्सिना प्यानलका हिरण्य राइले २५२ मत ल्याएर बिजयी हुनुभएको छ भने वास्तोला प्यानलका निर्मलकुमार खतिवडाले १८१ मत ल्याउनुभएको छ । राइले खतिवडालाई ७१ मतले पराजित गर्नुभयो । यसैगरि कोषाध्यक्षमा तिम्सिना प्यानलका तोयानाथ अधिकारीले २७१ म्त ल्याएर बिजयी हुनुभयो भने तिम्सिना प्यानलका भरत ढकालले १६३ मत ल्याउनुभयो ।
अधिकारीले ढकाललाई १०८ मतअन्तरले पराजित गर्नुभयो । यसैगरि उपकोषाध्यक्षमा तिम्सिना प्यानलका दिपक भट्टराईले २४५ मत ल्याउदा वास्तोला प्यानलका भरतकुमार श्रेष्ठले १७९ मत ल्याउनुभएको छ । भट्टराईले श्रेष्ठलाई ६६ मतअन्तरले पराजित गर्नुभयो । यसैगरि उपसचिवमा तिम्सिना प्यानलका राजु पाठक २७२ मत ल्याएर बिजयी हुदा वास्तोला प्यानलका रघुनाथ शिवाकोटीले १५७ मत ल्याउनुभएको छ । पाठकले शिवाकोटीलाई ११५ मतले पराजित गर्नुभयो । यसैगरि महिला सदस्यमा तिम्सिना प्यानलका दिव्यश्वरा शिवाकोटीले २४८ मत ल्याएर बिजयी हुनुभएको छ भने सदस्यहरुमा तिम्सिना प्यानलकै खड्गबहादुर कार्की २५२ मत , प्रेम ओली २३९ मत , खेमराज अधिकारी २८९ मत र भीम राजवंशी २७७ मत ल्याएर बिजयी हुदा वास्तोला प्यानलबाट महिला सदस्यमा झुमा शिवाकोटी १६८ मत ,रामबाबु मर्हजन १५८ मत , धर्मराज प्रसाई १५५ मत नारायणप्रसाद कट्टेल १३२ मत र हरिप्रसाद सिटौला १५३ मत ल्याएर पराजित हुनुभएको छ ।
आज विहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउसो २ बजेसम्म संचालन भएको थियो । कुल ५ सय ३२ मतदाता मध्ये ४४७ जनाले मतदान गरेको रेडक्रस सोसाइटी सुरुङ्गाले जनाएको छ । निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र विवेकशील साझा पार्टीबाट प्रविन तिम्सिनाको नेतृत्वमा तथा नेपाली कांग्रेस र राप्रपा नेपालको तर्फबाट देविप्रसाद वास्तोला चुनावी मैदानमा छन । कुल ११ पदमा २२ जनाको उम्मेद्धारी थियो । ३ बजेदेखि शुरु भएको मतगणना साँझ ६ बजे सकिएको थियो ।