कनकाई अनलाईन
रेडक्रस सोसाइटी सुरुङ्गाको निर्वाचनमा नेकपा र विवेकशील साझा पाटीको प्यानलै अगाडि रहेको छ ।
हालसम्म १ सय मत गणनामा नेकपा र विवेकशीलका सभापतिका उम्मेद्धार प्रविन तिम्सिनाले ६५ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेस र राप्रपाका उम्मेद्धार देवि बास्तोलाले ३२ मत मात्रै ल्याउनुभएको छ । सभापतिमा दोब्बर मतअन्तर देखिएको छ । यसैगरि उपसभापति , सचिव कोषाध्यक्ष , उपसचिव र सदस्यहरुमा समेत तिम्सिना प्यानलै अगाडि रहेको छ ।
उपसभापतिमा तिम्सिना प्यानलका कमला सुबेदीले ५९ मतका साथ अगाडि रहनुभएको छ भने वास्तोला प्यानलकी शान्ति कट्टेलले ३८ मत ल्याउनुभएको छ । यसैगरि सचिव पदमा तिम्सिना प्यानलका हिरण्य राइले ५५ मत ल्याउनुभएको छ भने वास्तोला प्यानलका निर्मलकुमार खतिवडा ४२ मत यसैगरि कोषाध्यक्षमा तिम्सिना प्यानलका तोयानाथ अधिकारीले ५९ मत तिम्सिना प्यानलका भरत ढकालले ३९ मत र उपकोषाध्यक्षमा तिम्सिना प्यानलका दिपक भट्टराई ५५ मत ल्याउदा वास्तोला प्यानलका भरतकुमार श्रेष्ठले ४० मत ल्याउनुभएको छ । यसैगरि उपसचिवमा तिम्सिना प्यानलका राजु पाठक ५९ मत र वास्तोला प्यानलका रघुनाथ शिवाकोटीले ३८ मत ल्याउनुभएको छ । यसैगरि सदस्यहरुमा तिम्सिना प्यानलका दिव्यश्वरा शिवाकोटी ५० मत , खड्गबहादुर कार्की ६० मत , प्रेम ओली ५६ मत , खेमराज अधिकारी ६८ मत र भीम राजवंशी ६७ मत ल्याउनुभएको छ भने वास्तोला प्यानलबाट झुमा शिवाकोटी ४५ मत ,रामबाबु मर्हजन ३३ मत , धर्मराज प्रसाई ३३ मत नारायणप्रसाद कट्टेल २६ मत र हरिप्रसाद सिटौला ३१ म्त ल्याउनुभएको छ ।
आज विहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउसो २ बजेसम्म संचालन भएको थियो । कुल ५ सय ३२ मतदाता मध्ये ४४७ जनाले मतदान गरेको रेडक्रस सोसाइटी सुरुङ्गाले जनाएको छ । अहिले मतगणना सुरु गरिएको छ । निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र विवेकशील साझा पार्टीबाट प्रविन तिम्सिनाको नेतृत्वमा तथा नेपाली कांग्रेस र राप्रपा नेपालको तर्फबाट देविप्रसाद वास्तोला चुनावी मैदानमा छन । कुल ११ पदमा २२ जनाको उम्मेद्धारी परेको छ ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला