कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ बेनुबाजामा रामसीताको मन्दिर निर्माण गरिएको छ ।
स्थानीय हरि सुवेदीले दिएको डेढ कठ्ठा जमिनमा निर्माण गरिएको सो मन्दिर निर्माणका लागि स्थानीय रमेशचन्द्र दाहालले ६ लाख रुपैँया बरावरको आर्थिक सहयोग गर्नुभएको थियो भने स्थानीय दाताहरु लालबहादुर खड्का , देविप्रसाद ढुङ्गेल लगायातको सहयोगमा करिव २० लाख रुपैँया खर्चेर मन्दिर निर्माण गरिएको हो ।
मन्दिरमा गोलोकधाम आश्रम दिल्ली वृन्दावनका नन्दकिशोर भारद्धज महाराजले १५ लाख रुपैँया बरावरको मुर्ति प्रदान गर्नुभएको छ । महाराजले सो मुर्तिको मन्दिरमा स्थापना गर्नुभएको हो । मन्दिरमा यहि चैत्र २६ गतेदेखि बैखाख ३ गतेसम्म श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ संचालन भैरहेको छ ।
महायज्ञको उद्घाटन महिला शंकराचार्य हेमानन्द गिरीबाट भएको थियो ।
महायज्ञबाट २० लाख संकलनको लक्ष्य रहेको र सो रकमबाट सामुदायिक भवन र मन्दिर संचालन गरिने आयोजक समितिका दिनेश मैनालीले बताउनुभयो । महायज्ञमा सोमनाथ सुवेदीको प्रमुख कथावाचन र लीलाधरण शरणको उपवाचन भैरहेको छ ।
महायज्ञमा तुलादान तथा अन्य दानहरु द्याताले गरिरहनुभएको पुराण आयोजक समिति संयोजक रमेश दाहालले बताउनुभयो । पुर्वपश्चिम राजमार्ग सुरुङ्गा बजारदेखि ६ किलोमिटर दक्षिणमा रहेको यस मन्दिर क्षेत्रबाट हरेक बर्ष विवाह पंचमीका दिन यस क्षेत्रबाट डोली लिएर गई सताक्षीधाम क्षेत्रमा सिताको स्वांयमवर गरि पुन जन्ती फर्काएर ल्याइने आयोजक समितिका याम फुयाँलले बताउनुभयो ।