Kanakai Online

हरेक बर्ष डोली लिएर जाने हो , दिनेश मैनाली


सोमवार, चैत १८, २०७५ |

दिनेश मैनाली कनकाई ५ बेनुबाजामा आगामी चैत्र २६ गतेदेखि जिल्लामै प्रथमपटक हुन लागेको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको प्रचारप्रसार समितिका संयोजक रहनुभएको छ । कनकाई नगरपालिकाको ग्रामिण क्षेत्र बेनुबाजामा हुन गइरहेको यसप्रकारको धार्मिक कार्यमा युवा सहभागिता र धार्मिक पर्यापर्यटनका वारेमा गरिएको कुरा ।
१) भागवत सप्ताह ज्ञान महायज्ञको तयारी कहा पुग्यो ?
तयारी तीब्र भएको छ । महायज्ञ सफल पार्न रमेश दाहालको संयोजकत्वमा १५१ सदस्यीय मुल समिति गठन गरिएको छ । यस वाहेक हरेक गाउँमा आमा समुह युवा क्लव बनाइएको छ । मैरो संयोजकत्वमा प्रचार प्रसार समिति समेत गठन गरिएको छ ।
२) यस क्षेत्रमा महायज्ञ लगाउनुको कारण ?
जिल्ला तथा अन्य क्षेत्रमा हरेक देवी देउतामा मन्दिर र मुर्ति भएपनि यसरी राम सीताकै मुर्ति र मन्दिर छैनन यसकारण पनि भगवान राम सीतालाई मान्ने हरुको ठुलो जमात छ यसलाई आफ्नो पुण्यभुमि खोज्दै जनकपुर अयोध्यानै पुग्नुको विकल्प थिएन यसलाई मध्यनजर राखेर हामीले यस क्षेत्रमै भगवान रामसीताको मन्दिर मात्रै बनाएका छैनौ हरेक विवाह पंचमीका दिन यस बेनुबाजाबाट भगवान रामको जन्ती लिएर शिवताक्षीको सताक्षीधाममा रहेको भगवान सीताकोमा डोली लिएर गएर सीतामातालाई यस बेनुबाजासम्म हरेक बर्ष ल्याउने छौ यसरी हरेक बर्ष विवाह पंचमीका दिन दर्शन गर्न जनकपुर जाने समुहलाई हामीले यहि रोक्ने छौ । विवाह पंचमीको जनकपुर र अयोध्याको झल्को हामीले यसै क्षेत्रमा दिने छौ ।
३) यसका लागि तयारी पुग्ला त ?
अवश्य पनि हामीले यसका लागि सताक्षीधाम मन्दिरका गुरु नन्दकिसोर भारद्धजबाट सबभन्दा ठुलो सहयोग प्राप्त भएको छ । उहाकै पहलकदमीमा र सल्लाहसुझावबाटै हामीले विवाहपंचमीमा यस क्षेत्रबाट विवाहको डोली सताक्षीधाम लिएर जादै छौ । जसरी जनकपुर र अयोध्यामा विावाह पंचमीका दिन विवाहको दृश्यहरु देख्नै गर्छौ त्यहि विधि हामीले यहि गर्ने छौ । विवाह पंचमी हेर्न अव यस क्षेत्रका भक्तजनहरुले जनकपुर र अयोध्या पुगिरहनु प्रदैन । यस क्षेत्र तथा अन्य क्षेत्रका ठुलो समुदायका रुपमा रहनुभएका मारवाडी समुदायबाट हामीलाई सहयोग रहेको छ । तयारीकै रुपमा भन्ने हो भने हालसम्म हाम्रो ७० प्रतिशत तयारी पुगिसकेको छ । अव प्रचारप्रसारको कामहरु भैइनै रहेको छ । स्टेजहरु बनाउने काम भैरहेको छ ।
४) यस क्षेत्रमा रामसीताकै मन्दिर कसरी बनाउनुभयो ?
यस क्षेत्रमा पहिले दुइवटा भजन मण्डली बंजरङ्ग र लक्ष्मीनारायण भजन मण्डली रहेको थियो । यसलाई मर्ज गरेर एउटै बनाइयो र स्थानीय समाजसेवी हरि सुवेदीबाट डेढ कठ्ठा जमिन हामीलाई उपलब्ध भएपछि यसमा हामीले राममन्दिरमा राम सिताको मुर्ति प्राण प्रतिष्ठा लगायातका कामहरु गर्ने क्रममा रहेका छौ ।
५) श्रोताहरु कहाँबाट आउदै हुनुहुन्छ ?
कनकाई नगरपालिका झापा गाउँपालिका , मारवाडी समुदाय र जिल्लाभरबाट हामीले श्रोता ल्याउने तयारी छ ।
६) महायज्ञका लागि खर्च र आम्दामी कति लाग्ने अप्रेक्षा राख्नुभएको छ ?
हामीले यस महायज्ञमा ६ लाख रुपैँया खर्च लाग्ने र खर्च कटाएर करिव १० लाख रुपैँयाको वचत हामीलाई हुने र यस रकमबाट यहि स्थानमा एउटा सुविधासहितको सत्समहल वा कार्यक्रमहल बनाउने हाम्रो लक्ष्य छ अपुग रकम नगरपालिका र अन्य दातृ महानुभाववाट संकलन गर्ने लक्ष्य रहेको छ ।
७) महायज्ञ पछि कस्तो अप्रेक्षा राख्नुभएको छ ?
हामीले यस कनकाई नगरपालिकालाई धार्मिक रुपमा नै देशसामु चिनाउने लक्ष्य राखेका छौ । कनकाई नगरपालिका यसैपनि पर्यटकिय नगरिका रुपमा देशभर चिनिदै आएकोमा अव हामीले धार्मिक रुपमा पनि यसको परिचय देशभर थप्न कोशिषमा रहेका छौ ।
८) महायज्ञमा कस्ता कार्यक्रम समावेश गर्नु भएको छ ?
चैत्र २६ गते विहान ९ बजे कलश यात्रा सहित पुराण उद्घाटन पछि प्रत्येक दिन मण्डपपुजा पाठ पारायण , कथा वाचन , भजन झाँकी , ज्ञानमंच , आरती लगायतका धार्मिक गतिविधि हुनेछन । हामीले यस क्षेत्रमा पुराणका लागि पुराण लगाउने नभएर भोलीका दिनका लागि समेत साच्चैको महत्वका लागि लागिपरेका छौ । महायज्ञको उद्घाटन् प्रथम महिला शंखराचार्य अनन्त श्री बिभुसित हेमानन्द गिरि महाराज ज्यु बाट हुदै छ ।
प्रस्तुती ः डिबि सिलास राई