Kanakai Online

रानी वनमा नेकपाका बागीले मारे बाजी


बुधवार, चैत ६, २०७५ |

कनकाई अनलाईन
झापा गाउँपालिकामा रहेको एकमात्र रानी सामुदायिक वनमा नेकपाका बागी उम्मेद्धार नगेन्द्रकुमार आङ्देम्बेले अर्का नेकपाका आधिकारिक उम्मेद्धार रामप्रसाद उप्रेतीलाई ४ मतले पराजित गर्दै बिजयी बनेपछि झापामा पार्टी एकता टुङ्गिएको २४ घण्टा नवित्दै झापामा नयाँ तरङ्ग आएको छ ।
पार्टी सभापति तथा देशका प्रधानमन्त्रीको गृह क्षेत्रमात्रै नभएर ओली हुर्किएको क्षेत्रमा रहेको यस सामुदायिक वन क्षेत्रमा उपभोक्ताभित्रमात्रै नेकपाको ७५ प्रतिशत मत रहेको क्षेत्र हो । यस क्षेत्रमा नेकपाबाट रामप्रसाद उप्रेतीले उम्मेद्धारी दिएपछि नेकपाभित्रबाटै आङ्देम्बेले बागी उम्मेद्धारी हालेका थिए । जसमा प्रथम आङ्देम्बे हुदा दोस्रो पोजिसनमा समेत नेकपाकै आधिकारि उम्मेद्धार उप्रेती हुन पुगे । तेस्रोमा नेपाली कांग्रेसका आधिकारिक उम्मेद्धार सुमन प्याकुरेल भए ।
चौथोमा अघिल्लो बर्ष नेपाली कांग्रेसबाटै उम्मेद्धारी दिएका रामबहादुर कार्की भए । बिजयी आङ्देम्बेले २०४ मत उपविजयी उप्रेतीले २०० मत पाउदा तेस्रो हुने सुमन प्याकुरेलले १८४ मत र चौथो हुने कार्कीले १०६ मत पाएका थिए । आङ्देम्बेलाई नेकपाभित्रकै केहि नेता र जनजाति , आदिवाशी समुदायको समर्थन प्राप्त रहेको बताइएको छ ।