कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का पुर्व सांसद तथा संविधानसभा सदस्य प्रेमबहादुर गिरीलाई आज सुरुङ्गामा सम्मान गरिएको छ ।
१०९ औ नारी दिवशको अवशर पारेर आयोजित जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको फाईनलका दिन आयोजक संस्था कनकाई खेलकुद प्रतिष्ठानले यस क्षेत्रमा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । गिरीलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मानपत्र सहित सम्मान गर्नुभयो ।
आयोजक समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन सचिव दिनानाथ खतिवडाले गर्नुभएको थियो । माननीय गिरीको पहल कदमीमा कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेलमैदान व्यावस्थापन तथा यस क्षेत्रको खेल क्षेत्रमा ठुलो सहयोग मिलेको थियो । गिरीले यस क्षेत्रको खेल क्षेत्रमा पुर्याएको सम्मान गर्दै सम्मान गरिएको कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योती उप्रेतीले बताउनुभयो ।
Trending
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो