कनकाई अनलाईन
सुरुङ्गा , फागुन २४ गते । १०९ औ नारी दिवशको अवशर पारेर झापाको कनकाई नगरपालिकामा चौथो जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा स्थानीय कनकाईमाविको खेल मैदानमा गत फागुन १८ गतेदेखि संचालित फुटबल प्रतियोगिताको फाइनल खेल नारी दिवशको अवशर पारेर शुक्रवार गरिएको हो । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको महिला टिमविच भएको फाइनल खेलमा कनकाई नगरपालिकाले शिवसताक्षीलाई ट्राईब्रेकरमा ४ — १ गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । बिजयी कनकाई नगरपालिकाले नगद ६० हजार र उपविजयी बनेको शिवसताक्षी नगरपालिकाले नगद ४० हजार पुरस्कार पाएका थिए । बिजयी तथा उपविजयी हुने टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई लगायातले ट्रफि र नगद प्रदान गर्नुभयो । खेलको उत्कृष्ट खेलाडी कनकाईकी गंगा श्रेष्ठले नगद ५ हजार रुपैँया पाउनुभयो । उहाँलाई खेल संयोजक अम्बिका खरेलले नगद ५ हजार रुपैँया दिनुभयो ।
फाइनल खेलको म्यान अफ द म्याचमा आशा श्रेष्ठलाई कनकाई कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीले नगद १ हजार सहित पुरस्कृत गर्नुभयो । प्रतियोगितामा झापा जिल्लाका विभिन्न ८ पालिकाका महिला टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा पुर्व सांसदहरु प्रेम गिरी , अम्बिका राजबंशी , वार्डअध्यक्ष परशुराम गिरी , जिल्ला फुटवलका अध्यक्ष भगिरथ आले मामा लगायातले शुभकामना राख्नुभएको खेलको सभापतित्व आयोजक कनकाई खेलकुद प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्व एवम् सचिव दिनानाथ खतिवडाको संचालनमा सम्पन्न भएको थियो ।