Kanakai Online

कोरियाको शीपबाट नेपालमा रोजगारीको श्रृजना


आइतवार, फागुन १२, २०७५ |

कनकाई अनलाईन
दक्षिण कोरियामा ५ बर्षसम्म सिकेको ज्ञान शीपलाई आधार मानेर झापाली दुइ युवाले पुर्वमै नौलो प्रविधि भित्राएका मात्रै छैनन । २० जनालाई रोजगारी समेत दिएका छन ।
झापा विर्तामोडका हरि उप्रेती र डागीवारीका रमेश कुमार कार्कीले कोरियान प्रविधिको फ्याब्रिकेसन प्रविधिबाट युपिभिसि रुफिङ्ग प्रविधिबाट घर तथा अन्य डिजायानका घरजन्य सामाग्रीहरुको निर्माण सुरु गरेका छन । नेपाल जस्तो भुकम्पको सधै जोखिम रहने यस स्थानमा उप्रेती र कार्कीले सुरु गरेको यस व्यावसायले स्थापनाको छोटो समयमानै लोकप्रिय मात्रै बनेको छैन । हाल उहाँहरुले संचालन गरिरहेको गरमकाली फ्याब्रिकेसन एण्ड प्रि फ्याब हाउस कम्पनीमा २० जनाले रोजगारी पाइरहेका छन । गत असोज महिनादेखि झापा विर्तामोडमा कार्यालय संचालन गरि व्यावसाय सुरु गरेको यस समुहले हाल सम्म कनकाई नगरपालिकाको कार्यालय अगाडिको घर , दृष्टि आखा अस्पताल , ग्रिन प्यालेस होटल विर्तामोडको पार्टी हल , विराटज्योती स्कुल लगायातका साथै दर्जनौ व्याक्तिका व्याक्तिगत घरतथा संस्था कार्यालय यस प्रविधिबाट निर्माण गरिसकेको छ ।
अन्य घर निर्माणमा जस्तो वढी समय र लगानी नलाग्ने तथा भुकम्प पुर्णतय प्रतिरोधी भएपछि सुरक्षा , समय र खर्चका हिसावले समेत यस प्रविधि सस्तो र भरपर्दो हुने संचालन उप्रेतीको भनाई छ । नक्सापास हुने र ५ तलासम्म निर्माण गर्न सकिने भएपछि यस प्रविधिमा विश्वास गर्नेहरुको सङ्ख्या दिनानुदिन वढिरहेको छ । निर्माण सकिएको १५ बर्षसम्म ग्यारेन्टी र २५ बर्षसम्मको वारेन्टी रहने यस प्रविधिमा जग्गाको समेत वचत हुने , निर्माण भएको घर पुर्णतय साउण्ड र वाटर प्रुफ , सजिल्लै जडान र फुकालेर अन्य स्थानमा समेत जडान गर्न सकिने , हलुका प्रविधि भएकोले घरको छटमा समेत थप निर्माण गर्न सकिने विशेषता रहेको संचालक उप्रेतीको भनाई छ । हेर्दा थप आकर्षक देखिने यस प्रविधिमा विदेशमा लामो समयको अनुभव पछि आफ्नो जन्मथलोमा ५० लाखको लागतमा घर निर्माणको व्यावसाय संचालन गरेका युवाद्धयले अवका केहि बर्षभित्रै यस क्षेत्रका सयौ युवालाई तालिम पछि रोजगारीमात्रै दिने लक्ष्य राखेको छैन । विकसित मुलुक कोरियाको यस प्रविधिबाट मुलुक निर्माण गरि समय , अर्थ र सुरक्षामा समेत योगदान पुर्याउने लक्ष्य लिएको छ ।