Kanakai Online

रानी बनमा चुनावी चटारो


शनिवार, फागुन ११, २०७५ |

केशब चापागाईं
कनकाई अनलाईन
झापा,फागुन १०।झापा गाउँपालीका ६ र ७ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १७ औं साधारण सभा सम्पन्न गरेको छ।
समुदायिक वनका वर्तमान अध्यक्ष राम बा। कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य हिरा थापाको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा विशिष्ट अतिथीहरु झापा गापाका अध्यक्ष जय नारायण शाह र झापा वन डिभिजन कार्यलयका प्रमुख बिष्णु घिमिरे रहेका थिए।त्यस्तै अतिथीहरु क्रमस झापा गापाका नेकपाका अध्यक्ष गजेन्द्र ताम्ली,झापा गापाका नेपाली कांग्रेसका सह संयोजक ससीचन्द्र ठाकुर,झापा गापाका जेस्ठ नागरिक संघका संयोजक गोपाल प्रसाईं,ताजा पत्रीका डट कमका कार्यकारी सम्पादक केशब चापागाईं,फ्रेन्डस क्लब शरणामतीका अध्यक्ष उमाराम रिजाल,वन हकहित संरक्षण समितीका संयोजक केशब बजगाईं,झापा गापा(६ का वडाध्यक्ष हरीबाहादुर बानियाँ,झापा गापा(७ का वडाध्यक्ष धुर्ब उप्रेती,सामुदायिक वन उपभोक्ता महासंघ झापा गापाका अध्यक्ष तुलसीराम प्याकुरेल९सुमन०,पुर्व अध्यक्ष पंचविर राई,सम्मानित ब्याक्तीत्व विश्वनाथ राजबंसी,समाजसेवी विष्णु पनेरु,समाजसेवी पुस्पा प्रसाईं,कन्काई सव डिविजन वन कार्यलयका प्रतिनिधि कुमार कार्की लगायत समाजका विशिस्ट व्याक्तीहरु रहेका थिए।
प्रमुख अतिथी हिरा थापा र विशिस्ट अतिथी साथै अतिथीहरुले पानसमा दियो प्रज्वलन गरि सुरुवात गरेको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई नगद रु ५५५ साथै दोषल्ला ओढाई सम्मान गरिएको थियो।
सामुदायिक वनका बर्तमान उपाध्यक्ष कमल गनगाईको स्वागत मन्तब्यबाट कार्यक्रममा शुभकामना मन्तब्यको क्रम चलेको थियो।ससीचन्द्र ठाकुर,गजेन्द्र ताम्ली,धुर्व उप्रेती,हरी बा बानियाँ,विष्णु घिमिरे,जय नारायण शाह साथै प्रमुख अतिथी हिरा थापाले वनको हकहितका बारेमा बोल्दै शुभकामना मन्तब्य राखेका थिए।मन्तब्यका क्रममा अधिकांस वक्ताहरुले रानीवनलाई सिमसार क्षेत्र बनाउदै पर्यापर्यटनको क्षेत्र बनाइनु पर्नेमा सुझाव दिएका थिए।
कार्यक्रमको तेस्रो चरणमा रानी सामुदायिक वनको वार्षीक प्रतिवेदनलाई अध्यक्ष राम बा कार्की र सचिव भविन्द्र भण्डारीले वाचन गरि सम्पुर्ण उपभोक्तामा वितरण गरेका थिए।कार्यक्रममा रानी वनमा योगदान पुर्याउने विभिन्न संघ संस्थाका प्रतिनिधीलाई सम्मानका साथै मायाको चिनो प्रदान गरिएको थियो।
वनका सचिव भविन्द्र भण्डारीले संचालन गरेको कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष राम बा कार्किले आफ्नो ३ वर्षे कार्यकालमा उपभोक्ता ,विभिन्न संघ संस्था र समाजका विशिष्ट ब्याक्तीले गरेको उच्च सहयोगको कदर गर्दै सबैलाई धन्यबाद ज्ञापन गरेर आफ्नो अध्यक्षतामा गठित समीती विगठन भएको घोषणा गरेका थिए।
रानी सामुदायिक वन उपभोक्ता समूहको आगामी कार्यसमितीका लागि केशब बजगाईंको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कार्यसमिती बनेको छ।उक्त समितीले आगामी वन कार्यसमितीको निर्वाचन सम्पन्न गर्नेछ।