कनकाई अनलाईन
प्रदेश नम्बर एकमै प्रथमपटक कनकाई नगरपालिकाले आफ्नै कोषबाट युवालाई स्वरोजगार बनाउन सुरु गरेको छ ।
झापा कनकाई नगरपालिकाका २० युवालाई विभिन्न पेशा व्यावसाय गर्नका लागि युवा स्वरोजगार कार्यक्रम अन्र्तगत तालिमको आयोजना पछि सहुलियत दरमा ऋण उपलब्ध गराइएको हो ।
यसरी नगरपालिकाबाट सहुलियत दरमा ऋण पाउनेहरुमा कनकाई नगरपालिका १ नम्बर वार्डका थीरकुमार पोखरेलले बाख्रापालनका लागि १ लाख , सोही बार्डका केशवप्रसाद न्यौपानेले गाईपालनका लागि १ लाख ५० हजार , यसैगरि २ नम्बर बार्डका मणिकुमार लिम्बुले बंगुर पालनका लागि १ लाख , यसैगरि बार्डनम्बर ३ का मिना पाठक सिटौलाले अचार उद्योगका लागि १ लाख , सुमन थपलियाले कुखुरा पालनका लागि १ लाख , वार्डनम्बर ४ का होमप्रसाद भट्टराईले कुखुरा पालनका लागि १ लाख , कृष्णबहादुर थापाले कुखुरा पालनका लागि १ लाख , मंजु थापाले बाख्रा पालनका लागि १ लाख , बार्डनम्बर ५ का शुरेश गौतमले मौरी पालनका लागि १ लाख , मिना बस्नेतले कुखुरा पालनका लागि १ लाख , नविन खड्काले गाईपालनका लागि १ लाख ५० हजार , सोमनाथ पाठकले कुखुरा पालनका लागि १ लाख ५० हजार , र गान्धीनारायण उप्रतीले गाईपालनका लागि १ लाख ५० हजार रुपैँया सहुलियत दरको ऋण पाउनुभएको छ ।
यसैगरि वार्डनम्बर ६ का रामबहादुर चौवानले कुखुरापानका लागि १ लाख , विना राजबंशीले गाईपालनका लागि १ लाख , गंगादेवि पौडेलले गाईपालनका लागि १ लाख , कृष्णप्रसाद खतिवडाले गाईपालका लागि १ लाख र फणिन्द्रकुमार गिरीले गाईपालनका लागि १ लाख रुपैँया लिनुभएको छ । यसैगरि वार्डनम्बर ८ बाट सोमकुमार कटुवालले कुखुरापालनका लागि १ लाख ५० हजार रुपैँया लिनुभएको छ । उहाँहरु सबैलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई र साना किसानका प्रबन्धक देविप्रसाद उप्रेतीले चेक हस्तानतरण गर्नुभयो ।
कनकाई नगरपालिकाले युवा स्वारोजगार कोषमा जम्मा गरेको २८ लाख रुपैँया रमक तालिमपछि जनही १ लाख देखि १ लाख ५० हजारसम्म रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्राप्त ऋण सहयोगबाट युवालाई स्वदेशमै स्वरोजगार बन्न उत्प्रेरित गर्न मद्धत गर्ने बताउनुभयो । सहभागिले आफुले पाएको रकमबाट बाख्रा पालन , कुखुरा पालन , बंगुर पालन र व्यावसायीक अचार उद्योग लगायातका काम गर्ने बताउनुभयो ।
स्थानीय सरकारले आफ्नै कोष खडा गरि प्रदेश नम्बर १ मै पहिलो पल्ट युवालाई स्वरोजगार बनाउन रकम प्रदान गरेको नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले बताउनुभयो । यस आर्थिक बर्षमा समेत थप २८ लाख रुपैँया थप युवालाई स्वरोजगारका लागि कोषमा जम्मा गरिएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
नगरपालिकाले बैङ्गिङ प्रणाली व्यावस्थापनका लागि साना किसान ऋण सहकारी संस्थालाई जिम्मा दिइएको छ ।