कनकाई अनलाईन
नेपाल सरकारका गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादल फागुन १ गते झापाको विर्तामोड आउनुहुने भएको छ ।
२०५२ साल फागुन १ गते सुरु भएको जनयुद्ध दिवश मनाउन थापा झापा आउन लाग्नुभएको हो । नेकपाको पार्टी कार्यालय विर्तामोडमा आयोजित कार्यक्रममा भाग लिन बादल झापा आउन लाग्नुभएको हो ।
गृहमन्त्री बनेपछि बादल प्रथमपटक झापा आउन लाग्नुभएको हो । कार्यक्रममा नेकपाका बौद्धिक नेता कार्की पार्थ लगायातका शीर्ष नेताले जनयुद्ध दिवशमा सम्मोधन गर्ने कार्यक्रम छ ।