Kanakai Online

पृथ्वी सहकारीद्धारा एक दिने तालिम


आइतवार, माघ २०, २०७५ |

कनकाई अनलाईन
कनकाई नगरक्षेत्रमा रहेका सहकारी संस्थाका प्रमुख तथा व्यावस्थापक र बजार प्रतिनिधि कर्मचारीका लागि एक दिने व्याक्तित्व विकास तथा मनको व्यावस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
नेपालका चर्चित प्रशिक्षक प्राध्यापक राजाबाबु शाहको सहजीकरणमा भएको तालिको आयोजना पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले गरेको हो । सहकारीका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्व तथा उपाध्यक्ष एलपि उप्रेतीको स्वागत र सचिव शिव कडेँलको संचालनमा भएको तालिममा प्रशिक्षक राजाबाबु शाहले व्याक्तित्व विकासमा मानिसले अपनाउनुपर्ने भुमिका र यसका लागि मानिसले गर्नुपर्ने लगानीका साथै मानिसका मनलाई व्यावस्थापन गरि कसरी सफल जिवन यापन गर्न सकिन्छ भन्नेवारेमा प्रशिक्षण दिनुभएको थियो । तालिमपछि आयोजित सम्पन्न कार्यक्रममा साझा सहकारीका व्यावस्थापक विष्णु चुडाल र धनुषकोटी कृषि सहकारीकी व्यावस्थापक रीता खड्काले तालिमबाट आफु र आफ्नो संस्था दुबैलाई फाइदा पुगेको बताउनुभयो । तालिममा यस क्षेत्रका ४० जना सहकारीकर्मीको सहभागिता रहेको थियो । पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले हरेक बर्ष यस प्रकारका तालिमको आयोजना गर्दै आइरहेको संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।