Kanakai Online

कनकाईका अशक्तको दैनिकी सहज बनाउदै लायन्स र लियो


मङ्गलवार, माघ १५, २०७५ |

लीलाराज झापाली
कनकाई नगरपालिका र छिमेकी झापा गाउँपालिकामा रहेको १३ जना अपाङ्ग र असक्तलाई लायन्स क्लव अफ र लियो क्लव कनकाईले निशुल्क ट्राई साइकल वितरण गरेको छ ।
विभिन्न कारणबाट आफ्नो शारीरिक अपाङ्गता भई कमजोर आर्थिक अवस्थाका उनीहरुलाई संस्थाले ट्राई साइकल वितरण गरेपछि ती व्यक्तिको दैनिकीमा सहजता भएको हो । विशेष कार्यक्रमका विच यस क्षेत्रका प्रदेशसभा सदस्यीय हिराकुमार थापा र लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया , कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द पौडेल लगायातले असक्त व्याक्तिलाई मंगलवार ट्राई साइकल वितरण गर्नुभएको हो ।
यसैविच लायन्स क्लव अफ कनकाईका सचिव साजन थापाकार छोरा र अर्का सदस्य मनोज बस्नेतले समेत आफ्नो जन्म ि दिनको खर्च कटाएर स्थानीय कनकाई वाल शिक्षा केन्द्रका वालवालिकालाई जुक्ता , कपडा लगायातका शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । लामो समयदेखि आर्थिक अभावमा वैशाखी र घर्सेरै आफ्नो दैनिक कष्टकर जिवनयापन गर्दै आउने व्यक्तिहरुको छनौट गरि ट्राई साइकल वितरण गरिएको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडाले बताउनुभयो । यसैविच संस्थाले विर्तामोडस्थित मेची आखा अस्पतालमा समेत आखाका विरामीहरुलाई वरपर लैजानका लागि एउटा ट्राईसाइकल वितरण गरिएको खतिवडाले बताउनुभयो । ट्राई साइकल वितरण कार्यक्रमपछि बोल्दै कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , मेची आखा अस्पतालका प्रमुख सुरज रौनियार , कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाकी कार्यकारी सदस्य सावित्रा बर्देवा , लायन्स क्लव अफ कनकाईका पुर्वअध्यक्ष सुरेन्द्र प्रधान , सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष सुदिप भण्डारी लगायातले लायन्स र लियोको समाज सुधारात्मक कार्यको खुलेर प्रससा गरेका थिए ।

सम्बन्धित खबर