कनकाई अनलाईन
कनकाई नगरपालिका सुरुङ्गा गुद्री बजारमा ल्याइएका अधिकांस तराकारीमा आर्गनिकपन भेटिएको छ ।
कनकाई नगरपालिका र विर्तामोडस्थित दु्रत विषादि प्रयोगशालाको तरकारीको विषादिको मात्रा हिजो बुधबारे हटियमा परिक्षण गरेपछि यस्तो रिर्पोट आएको हो । यस रिर्पोट आएसगै सुरुङ्गाका तरकारी बजारमा ल्याइएको तरकारी निर्धक्क रुपमा सेवन गर्ने वातवरण बनेको तरकारी अनुगमन समितिका प्रमुख एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
अनुगमनमा ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, वजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल ,पत्रकार महासंघका प्रतिनिधि लीलाराज झापाली सुरक्षाकर्मी, जनप्रतिनिधी साथै सम्वन्धित विषयका प्राविधिक टोलीसहितको अनुगमन भएको हो ।
विर्तामोड लगायत आसपासका क्षेत्रमा तरकारी वजारमा अत्यधिक मात्रामा विषादीको प्रयोग भएको विभिन्न किसिमका तरकारी भेटिएपछि कनकाईमा पनि तरकारी वजारको अनुगमनलाई तिव्रता दिन थालिएको हो । जिल्ला वाहिर साथै दक्षिणी भेगमा सिमा जोडीएका ग्रामिण भेग र भारतवाट समेत अत्याधिक मात्रामा तरकारी आउँने गरेको सुरुङ्गा वजारमा भएको अनुगमनपछिको परिक्षणवाट सवै किसिमका तरकारी खान योग्य भएको प्राविधिक अन्जु आचार्यले वताएकी छन् ।
विर्तामोड स्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा लगिएका विभिन्न किसिमका ११ वटा तरकारीका नमूनाहरुलाई स्पेक्ट्रो फोटो मिटरवाट परिक्षण गरिएको प्राविधिक आचार्यले वताइन् । मिटरवाट भएको परिक्षणमा ३५ प्रतिशत भन्दा माथिको परिणाम आएमा खान नमिल्ने हुन्छ भन्दै प्राविधिक आचार्यले सुरुङ्गावाट लगिएका सवै तरकारीका नमूनाको परिणाम ३५ प्रतिशत भन्दा कम आएको वताएकी छन् ।
परिक्षणका लागी विर्तामोड लगिएका तरकारीका नमूनाहरु बन्दा, फूलकोपी, काउली, टमाटर, भन्टा,केरा, सिमी, ब्रोकाउली लगायत विभिन्न ११ वटा तरकारीका नमूना सुरुङ्गावाट लगिएकोमा सवै नमूनाको परिक्षण पश्चात खानयोग्य भएको पाइएको हो ।
कनकाई नगरका विभिन्न वजारमा भारतवाट समेत विभिन्न किसिमका तरकारी आयात हुने भएकाले अत्याधिक विषादीको प्रयोग भएको हुन सक्ने आशंकाले नगरवासी साथै सम्पूर्ण व्यापारीहरुलाई समेत सचेत गराउँनका लागि तरकारी वजार अनुगमन गरिएको नगर प्रमुख पोखरेलले वताएका छन् । तरकारी लगायत सवै किसिमका खाद्य सामाग्रीहरुमा विषादीको प्रयोग नगर्न नगरवासीलाई अनुरोध गर्दै नगर प्रमुख पोखरेलले स्वस्थ कनकाई नगरका विभिन्न वजारमा भारतवाट समेत विभिन्न किसिमका तरकारी आयात हुने भएकाले अत्याधिक विषादीको प्रयोग भएको हुन सक्ने आशंकाले नगरवासी साथै सम्पूर्ण व्यापारीहरुलाई समेत सचेत गराउँनका लागि तरकारी वजार अनुगमन गरिएको नगर प्रमुख पोखरेलले वताएका छन् । तरकारी लगायत सवै किसिमका खाद्य सामाग्रीहरुमा विषादीको प्रयोग नगर्न नगरवासीलाई अनुरोध गर्दै नगर प्रमुख पोखरेलले स्वस्थ, स्वच्छ र अग्र्यानीक खानपानमा जोड दिन सम्वन्धित सवैलाई अनुरोध गरेका छन् ।