कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी ३० बर्षिय राजकुमार कट्टेल हाल इन्टरनेशनल युथ कमिटीका प्रमुखका निर्वाचित भएका छन ।
नेपाल लगायातका विश्वका ६५ देशका युवामा संचालित राजकुमार नेपालका संयोजक हुदै विश्वका युवामाझ यो सफलता प्राप्त गरेका हुन ।
हालै श्रीलङ्गाको कोलम्बोमा भएको साउथ एसियान युवा सम्मेलनमा नेपालबाट राजकुमारको संयोजनमा युवाले सहभागिता जनाएका थिए । जस सम्मेलनबाट राजकुमार संयोजक चुनिएका हुन । एमविएसम्म अध्यान गरेका राजकुमार आफुले पाएको यस सफलतालाई दक्षिण एसियाली मुलुककै युवाले पाएको ठुलो उपलब्धि भएको बताउछन । आफुले अझ नेपाल भारत , भुटान , श्रीलङ्गा जस्ता कम विकसित मुलुकका साझा समस्यालाई पहिचान गरि सम्बन्धित देशका राष्ट्रप्रमुख र अन्य सहयोगी दातृ निकायसम्म संवादको काम गर्ने लक्ष्य रहेको उनले बताएका छन । यसो त राजकुमारले यस पहिलेपनि गोल्वल युथ एवार्ड ( २०१६) , संघाई योङ्ग लिडर्स अबार्ड , इन्डो नेपाल फे्रण्र्डसिप एवार्ड ( २०१७) इण्डिया युथ प्राइज ( २०१८) लगायातका आधा दर्जन बढी अन्तराष्ट्रिय अबार्डहरु हात पारिसकेका छन । उनी नेपालमा समेत सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष , कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक उपाध्यक्ष , पृथ्वी वचत , नेपाल परिवार नियोजन संघ , केविए उर्जा समिति , विराट प्राविधिक शिक्षालय , सिकाई केन्द्र कनकाईका अध्यक्ष लगायातका संघ संस्थामा विभिन्न समितिमा रहि काम गरिसकेका छन । उनी नेपाल र भारत वाहेक , सिङ्गापुर , चीन , श्रीलङ्गा , माल्दिस , मलेसिया , दक्षिण कोरिया , थाईलैण्ड लगायातका देशहरुमा गएर आफ्नो युवाको बृद्धिविकासका वारेमा सोधपत्र र अन्तरदेशीय संवाद प्रस्तुत गरिसकेका छन ।
उनी आफ्नो यस सफलतामा देशको जलवायु परिवर्तन र दिगो विकासका लागि अन्तरदेशिय संवादको कार्यक्रमलाई विश्वसामु लिएर जाने आफ्नो भावी लक्ष्य रहेको कट्टेल बताउँछन । हामीले निति निर्माणकै तहमा युवालाई लिएर जान ढिलाई गयौँ भने देश सयौ बर्ष पछि पर्छ यहि शन्देश विश्वसामु लिएर हामी जादै छौ युवा अभियान्ता कट्टेलले भने । हामीले नेपाल जस्ता विदेशमा श्रम बेच्ने देशका युवाका झन आफ्नै प्रकारका राष्ट्रिय अन्तराष्ट्रिय समस्या छन । युवाका समस्यालाई विश्वका अन्य देशले नजरअन्दाज गर्न मिल्दैन यहि माग हामी विश्वमा उठाउछौ कट्टेलले भने ।
प्रस्तुती लीलाराज झापाली