कनकाई अनलाईन
कनकाई नगर क्षेत्रका दुई राजनैतिक संगठन युवा संघ र वाइसिएलले आफुहरुले पिकनिक खाएर वचेको रकम २५ हजार कनकाई नगरक्षेत्रकै एक पुकार अपाङ्ग सरोकार समाजलाई सहयोग गरेका छन ।
यस समाजमा १४ जना अपाङ्ग वालवालिकाको बसोवास रहदै आएको छ । युवा संघका कनकाई नगर अध्यक्ष विनोद राना मगर , नेकपाका लोकप्रिय नेता श्याम ओली , जनप्रतिनिधि बलराम राई , युवासंघका कनकाई नगरका नेताहरु गेविन्द सुवेदी , रविलाल भट्टराईको समुहले उक्त रकम हस्तानतरण गरेको हो ।
समाजकी संचालिका निर्मला ओझालाई सो पिकनिकबाट वचेको रकम हस्तानतरण गरिएको हो । दुई संगठनको आयोजना तथा समाजसेवी श्याम ओलीको आर्थिक सहयोगमा धनुषकोटीधाम पिकनिक स्पोर्टमा पिकनिकको आयोजना गरिएको थियो ।