लीलाराज झापाली
नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनसनरत् डा. गोविन्द केसीको जीवन रक्षा गर्ने बताउनुभएको छ ।प्रेस चौतरी झापा र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले डाक्टर केसिले आफ्नो सुझबुझले भन्दापनि केहि विदेश पढ्न पठाउने पुतलीसडकको वरिपरि खुलेका विदेशमा डाक्टर पढ्न पठाउने संस्थाहरुको उक्साहटमा लागेर यसपटक अनशन बसेको समेत आरोप लगाउनुभएको छ ।
डाक्टर केसि गत निर्वाचनमा समेत कांग्रेसको चारतारे र रुख भएको झण्डा बोकेर भोट माग्न हिडेको हुदा उहाँ नेपाली कांग्रेसको निर्देशनमा समेत यस्तो कार्य गर्नुभएको बताउनुभयो । केसि कम्युनिष्ट बिरोधी व्याक्ति हो हामी सरकारमा हुदा पनि नहुदा पनि खाली हाम्रै विरोधमात्रै गरिरहन्छन् भट्टराईले भन्नुभयो । कुनैपनि एकजना व्याक्तिको संसारमा यतिधेरै कुरा सांसदले सुनेको छ भने त्यो डाक्टर केसिकै भएको भन्दै केसि आफु सरकारी कर्मचारी भएरपनि सरकारलाई माफिया लगायातको गाली गर्ने छुट पनि यहि सरकारले दिएको भन्दै केसिको ज्यान जोगाउने दायित्व पनि सरकारकै भएको बताउनुभयो ‘डा. केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्छ’, उहाँले भन्नुभयो, ‘सरकार लचिलो हुन्छ, अघि–पछि हट्छ, हठी हुँदैन ।’ डा. केसीको प्रतिष्ठा बचाउन हरसम्भव प्रयास गरिने समेत उहाँले बताउनुभयो । चिकित्सा शिक्षा विधेयकमा डा. केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएकाले हठ त्यागेर अनसन तोड्न उहाँले आग्रहसमेत गर्नुभयो । ‘चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा. केसीकै माग हो’, २०६९ सालमा पहिलो पटक डा. केसी अनसन बस्नुभएको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘२०७० साल पुस २७ गतेयता पटक–पटकको अनसनमा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापनाको माग उहाँले गर्दै आउनुभएको छ ।’डा. केसीकै माग अनुसार जाने हो भने आगामी १५ वर्षसम्म मुलुकमा मेडिकल कलेज स्थापना गर्न नसकिने भट्टराईले बताउनुभयो । चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौं रुपैयाँ विदेशिइरहेकाले त्यसलाई रोक्न जरुरी रहेको र चिकित्सा विधेयकले पास भएपछि त्यस्तो अवस्थाको अन्त्य हुने उहाँले उल्लेख गर्नुभयो ।
‘अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्ता कलेजको सम्बन्धन खारेज हुन्छ’, उहाँले भन्नुभयो, ‘चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज चल्दैन ।’ मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको तीन सय सैय्याको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान चिकित्सा विधेयकमा उल्लेख गरिएको समेत उहाँले जानकारी दिनुभयो । यता २०४८ सालमा कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको फोहोर वर्तमान सरकारले सफा गरिरहेको उल्लेख गर्दै नेता भट्टराईले अहिले स्वास्थ्य , शिक्षामा निजिकरण भो भनेर डाक्टर केसिको पछि लाग्न कांग्रेसलाई अप्ठ्यारो हुनुपर्ने बताउनुभयो । पहिलो हामीले देश बर्बाद बनायौ सबै कारखाना कौडीको भाउमा बिक्रि गर्यौ । देशमा स्वास्थ्य शिक्षामा निजिकरण भित्रायौ भनेर कांग्रेसले जनतासग आत्माआलोचना गरेर मात्रै केसिको पछाडि दौड्न सुहाउने भट्टराईको भनाइ थियो ।
यता नेता भट्टराईले आगामी माघ १५ गतेसम्ममा पार्टी एकताको सबै प्रक्रिया टुङ्गिने समेत दावी गर्नुभयो ।
फोटो पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराई लीलाराज झापाली