Kanakai Online

कनकाई नगरवाशीलाई पत्रकार विनोदले लगाए यस्तो गुन


बुधवार, माघ २, २०७५ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा पर्यटनको लागि कनकाई भन्ने अभियान स्वरुप माघ १ गते फोटो प्रर्दशनी सम्पन्न भएको छ ।
कनकाई नगरपालिका स्थित कोटिहोममा हरेक बर्ष लाग्दै आएकोे माईमेलामा नेपाल फोटोपत्रकार महासंघ झापाका उपाध्यक्ष, पूर्वाञ्चल दैनिक र आमसंचार डटकममा आवद्ध फोटो पत्रकार विनोद पाण्डे कमलले खिचेका उत्कृष्ट फोटोहरु प्रर्दशनीमा राखिएको थियो ।
कनकाई नगरपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरु कोटीहोम, धनुश्कोटी, दोमुखा, सुकेडाँगी बनभोज स्थल, सेल्फीडाँडा, योगमायाँ पार्क, जामुनखाडी लगाएतका पर्यटकिय स्थलका २० वटा फोटोहरु प्रर्दशनीमा राखिएको फोटोपत्रकार पाण्डेले बताउनुभयो ।
कनकाई नगरपालिकाको सहयोगमा आयोजना गरिएको फोटोप्रर्दशनीले कनकाईमा रहेका पर्यटकिय गन्तव्यहरुको प्रचारमा सहयोग पुगेको र यस किसिमको पर्दशनी हरेक स्थानिय निकाएले गर्नसके पर्यटन वर्ष सन २००० लाई समेत सहयोग पुग्ने पर्दशनी स्थलमा पुग्नु भएका झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बनाउनु भएको थियो ।
कनकाई सहारा शर्पदंश उपाचार केन्द्र अगाडी भएको प्रर्दशनीमा तिन हजार बढीले अवलोकन गरेको फोटो पत्रकार पाण्डेले जानकारी दिए ।