कनकाई अनलाईन
हिलिहाङ, १ माघ । झापा–११ ले पाँचथरको फिदिममा सम्पन्न १०औँ अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ ।
आज भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दैै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधिसँगै झापाले नगद रु चार लाख हात पाएको छ भने उपविजेता बनेको आर्मीले रु दुई लाख पाएको छ । झापालाई जिताउन पूजन उपरकोटी एक्लैले खेलको २३आँै र ८३औँ मिटेमा गोल गरेका थिए । जवाफमा आर्मीका तर्फबाट राजीव गुरुङले खेलको ७२औँ मिनेटमा सान्त्वनामार्फत एक गोल फर्काए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्तामले यमाहको १२५ सिसीको मोटरबाइक प्राप्त गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका राजीव गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित भए । यस्तै हाई स्कोरर झापाका कर्ण लिम्बू भए । बेस्ट फरवाड झापाका दिलेन लोक्ताम, बेस्ट मिड फिल्डर झापाकै पूजन उपरकोटी, बेस्ट डिफेन्स आर्मीका युद्ध साही घोषित भए । राइजिङ प्लेयर आयोजक फिदिम स्पोटिङ क्लबका प्रबीन जवेगु भए भने बेस्ट कोच झापाका प्रवेश कटुवाल भए । गत पुस २१ गतेबाट शुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला