Kanakai Online

१२ बर्षे युनिकद्धारा अनाथ आश्रममा जन्मजयन्ती


शनिवार, पौष २८, २०७५ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गाका एक १२ बर्षे वालकले आफ्नो जन्मजयन्ती अनाथ आश्रममा रहेका आफ्नै उमेर समुहका अपाङ्ग बालवालिकासग मनाएका छन ।

 
 
विर्तामोडस्थित ग्रीन स्कुल विर्तामोडका कक्षा ५ मा अध्यानरत् युनिक सुवेदीले आफ्ना परिवारले दैनिक टिफिन खान दिएको रकमलाई बचाएर जम्मा गरिएको रकमले घर छेउमै रहेको पुकार अपाङ्ग वाल आश्रममा रहेका १३ जना वालवालिकालाई मिठो खाना तथा केहि खाद्यान्न सामाग्रीहरु प्रदान गरेर आफ्नो जन्मदिन मनाएका हुन । वालकले जन्मदिन मनाउनका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , लगायातका यस क्षेत्रका संचारकर्मी र नागरिक अगुवाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । आफ्ना छोराले बर्षदिनदेखिनै स्कुलमा खाजा खान दिएको रकम खुत्रुक्रेमा बचत गर्ने गरिरहेको र आफुले छिमकमा रहेको वाल आश्रममा सहयोग गर्ने बताएपछि छोराको समाजसेवी मन देखेर आफुपनि खुसी भएको गोविन्द सुवेदीले बताउनुभयो । बालकले वालवालिकालाई जन्मदिनको केक सबै वालवालिकालाई खुवाउनका साथै करिव ३ महिनासम्म पुग्ने चामल र तेल नुन लगायातका सामाग्री समेत प्रदान गरे । कार्यक्रममा प्रमुख अथिति बन्नु भएका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बच्चाको काम देखेर आफुलाई समेत केहि गर्न शिक्षा मिलेको भन्दै काम गर्न सिक्नका लागि उमेर बाधक नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै समाजसेवी श्याम ओलीले वालकको जन्म जयन्तीको सिको अन्यले पनि गर्ने हो भने समाजमा कोहिपनि अनाथ वालवालिका भोक्कै नपर्ने बताउनुभयो । अनाथ आश्रमकी संचालिका निर्मला ओझाले आफ्नो आश्रममा पहिलोपटक कसैले जन्मदिन मनाइरहेको भन्दै आश्रम गाउँमा पैँचो चामल मागेर संचालन गरिरहेको वेला केहि महिनासम्मका लागि पाएको खाद्यान्नले ठुलो सहयोग गरेको बताउनुभयो । कार्यक्रममा वालक युनिक सुवेदीले अघिल्लो बर्ष आफुले साथीहरुलाई घरमै खाना खुवाएर जन्मजयन्ती मनाएकोमा यसबर्ष गरिव तथा अपाङ्ग वालवालिकाहरुसगै बसेर खाना खाएर मनाएको बताउनुभयो ।

सम्बन्धित खबर