कनकाई अनलाईन
नेपाल भारत सिमामा अवस्थित झापा गाउपालिकाको एक प्राविमा रहेका सबै विद्यार्थीलाई युवा समुहले जाडोको कपडा , जुता र झोला वितरण गरेका छन ।
झापा गाउँपालिका १ रसुनगंजको पिछाडिएको बस्तीमा रहेको रहेको सरस्वती प्राविमा अध्यानरत् २ सय ६ जना विद्यार्थीलाई न्यानो कपडा स्वीट्र , जुता , ब्याग र विद्यालयलाई २ थान कम्युटर समेत प्रदान गरे । छिमेकी कनकाई नगरपालिकामा रहेको २ संस्था लायन्स क्लव अफ कनकाई र लीयो क्लवका सदस्यहरुले जनही रकम उठाएर सो विद्यालयमा आफै गई कपडा र कम्युटर प्रदान गरेको हुन । यी दुई संस्थाको अभियानमा आइएमई फाउण्डेशनले समेत आर्थिक साथ दिएको थियो । नेपाल भारत सिमामा रहेको यस विद्यालय केहि दिन पहिले आफै घुम्ने क्रममा आउदा जाडो याममा सबै विद्यार्थीहरु सानो सर्टको भरमा खाली खुट्टा , र चप्पल लगाएर मात्रै आएको देखेकोले आफुहरुले विद्यालयमा सहयोग गर्न साथीसग सल्लाह गरेर सामाग्री लिएर गएको कनकाई लायन्स क्लवका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउनुभयो ।
सहयोगबाट विद्यार्थीको अध्यान अध्यापनमा सहयोग पुगेको विद्यालयका प्रअ भीष्म अधिकारीेले बताउनुभयो । राजमार्गदेखि निक्कै टाडाको विद्यालय समेत रहेकोले सम्बन्धित निकायको ध्यान जान सकेको रहेनछ हामीले झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाईनै विद्यालयमा लगेर सामाग्री बाडेका छौ अव आगामी दिनमा गाउँपालिकाबाट समेत विद्यालयमा सक्दो सहयोग हुने विश्वास लिएका छौ कनकाई लायन्स क्लवका अध्यक्ष रुपनारायण खतिवडाले भन्नुभयो । न्यानो कपडा वितरणमा सामेल हुनुभएका गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले आफुले विद्यालयको अवस्थाका वारेमा थप जानकार भएको भन्दै गाउपालिकाले आगामी दिनमा पहिलो प्राथमिकता शिक्षामा बनाउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सहयोगी संस्था लियो क्लवका प्रतिनिधि रविन गुप्ताले आफुहरु विद्यालयका विद्यार्थी र शिक्षकका लागि समेत कम्युटर र प्राविधिक तालिम दिने घोषणा गनुभयो ।
भने कनकाई उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष त्रिलोचन चिमरियाले समेत विद्यालयमा सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रमको संयोजन लायन डिआर सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा आइएइईका प्रतिनिधि गगन सिटौला र कुमार दाहालको समेत उपीथति रहेको थियो ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा