कनकाई अनलाईन
कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाको नेतृत्वका लागि आज भएको निर्वाचनमा १२६१ म्त खसेको छ ।
आज बिहान ८ ः ३० बजेदेखि भएको निर्वाचनमा कुल १३ सय ८५ मतदातामा १२ सय ६१ मत खसेको निर्वाचन अधिकृत प्रकाश चुडालले बताउनुभयो । हाल यो समाचार तयार पार्दा साढे नौ बजेसम्म मतगणना सुरु भएको छैन । मतगणनाको नियमका वारेमा थोरै विवाद उठेपछि मतगणना केहि घण्टा ढिलो हुन लागेको निर्वाचन समितिले जनाएको छ ।
आज भएको निर्वाचनमा किरियापुत्री होमकुमारी कुमाल र प्रदेशसभा सदस्य हिराकुमार थापाले समेत बिहान ११ बजे एक्कैसाथ मतदान गर्नुभएको छ । मतगणनास्थलमा अहिले सयौको सङ्ख्यामा समर्थक र बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ भने निर्वाचनमा उद्योग बाणिज्य संघको कार्यालय परिसरमा ठुलो आगो बालिएको छ । निर्वाचनमा मिनाल तिम्सिनाको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल र त्रिलोचन चिमरियाको नेतृत्वमा लोकतान्त्रिक प्यानलबाट निर्वाचनमा होमिएका छन ।
कुल १७ पदमध्ये बरिष्ठ उपाध्यक्षमा सोमनाथ उप्रेती सर्बसम्मत बनेपछि बाकी १६ पदका लागि दुबै प्यानलबाट ३२ जना उम्मेद्धारहरु चुनावी दौरानमा उभिएका छन । यसैविच यस पटकको निर्वाचनलागि पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापाली सहित , पत्रकार महासंघका केन्द्रिय सदस्य मोहनकाजी न्यौपाने , ज्ञानेन्द्र निरौला , आर्थिक पत्रकार मंचका जिल्ला अध्यक्ष रोहित काफ्ले र सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौलासहितको टोलीले निर्वाचनको अनुगमन गरेको छ ।
तस्बीर ः मतगणनाबारे नियम बनाउदै निर्वाचन समिति र उम्मेद्धार प्रतिनिधि लीलाराज झापाली
Trending
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए